राप्ती प्रेस मञ्चद्धारा राप्ती गाउँपालिकाका अध्यक्ष बिष्टलाई १९ बुँदे माग-पत्र पेस (माग-पत्र सहित)



राप्ती प्रेस मञ्चद्धारा राप्ती गाउँपालिकाका अध्यक्ष बिष्टलाई १९ बुँदे माग-पत्र पेस (माग-पत्र सहित)

भालुवाङ ४ असार । देउखुरीको राप्ती गाउँपालिकामा तत्काल सञ्चार निति बनाउन माग गर्दै विभिन्न १९ बुँदे माग सहित राप्ती प्रेस मञ्चले शुक्रबार माग-पत्र बुझाएको छ ।

राप्ती गाउँपालिकामा रहेर विभिन्न संञ्चारमाध्यममा क्रियाशिल पत्रकारहरुको छाता संगठन राप्ती प्रेस मञ्चले पालिकाले तत्काल सञ्चार निति बनाएर नयाँ मिडिया दर्ता र सञ्चालन भईरहेका मिडियाहरूलाई सुचिकृत गरी सञ्चार क्षेत्रको विकासका लागि निति तथा कार्यक्रम मै समावेश गरी सञ्चार क्षेत्रका लागि बिशेष कार्यत्रलम सहितको बजेट विनियोजनको माग गर्दै उक्त माग-पत्र बुझाएको हो ।

मञ्चका अध्यक्ष अर्जुन अधिकारीको अध्यक्षतामा गएका पत्रकारहरु टोलीले राप्ती गाउँपालिका अध्यक्ष प्रकाश बिष्टलाई उक्त १९ बुँदे माग-पत्र बुझाएको हो । उक्त बुझाएको माग- पत्रमा राप्ती गाउँपालिकामा तत्काल संञ्चार निती निर्माण गरिनुपर्ने, सञ्चार निति निर्माण गर्दा राप्ती गाउँपालिकामा स्थायी बसोबास गरी नेपाल पत्रकार महासंघको सदस्यता प्राप्त गरेका क्रियाशिल तीन जना पत्रकारहर समावेश गरी ब्यापक छलफल मार्फत सञ्चार निति बनाइनुपर्ने, राप्ती गाउँपालिकाले बनाउने सञ्चार नीति मै व्यवस्था हुने गरी नयाँ सञ्चार माध्यमहरुलाई दर्ता गर्ने व्यवस्था गरिनुका साथै पालिका मै प्रधान कार्यालय स्थापना गरी सेवा प्रवाह गरिरहेका सञ्चार माध्यमहरुलाई सुचिकृत गरी सञ्चार माध्यमको स्तरबृद्धि र विकासका लागि समानुपातिक ढंगबाट सञ्चार माध्यमहरुको क्षमता र अवस्था हेरेर प्रत्येक बर्ष कम्तीमा ५ लाख देखि ८ लाख सम्म बिशेष सञ्चार अनुदान रकम उपलब्ध गराइनु पर्ने माग गरेको छ ।

यस्तै मञ्चले राप्ती गाउँपालिका भरिका सुचना तथा समाचारहरु एकद्धार प्रणालीबाट देश तथा विदेश भरि पुर्‍याउनका लागि अत्याधुनिक सुविधा सम्पन्न डिजिटल मिडिया हव सञ्चालन गरिनुपर्ने, .पालिकामा बसेर काम गर्ने पत्रकारहरुको सामाजिक सुरक्षाका लागि सञ्चार निति मै व्यवस्था गरी पत्रकारिता हितकोषको स्थापना गरिनुपर्ने र राप्ती गाउँपालिकामा प्रधान कार्यालय राखेर सञ्चालनमा रहेका सञ्चार माध्यमहरुको क्षमता र अवस्थाको मूल्याङ्कन गरी प्रत्येक सञ्चार माध्यमहरुलाई बार्षिक रुपमै कम्तीमा ३ लाख देखि ५ लाख सम्म रकम बराबरको लोककल्याणकारी विज्ञापनको व्यवस्था गरिनुपर्ने माग-पत्रमा उल्लेख छ ।

यस्तै माग-पत्रमा राप्ती गाउँपालिकाका हरेक नागरिकहरुलाई सुचनाको पहुचमा पुर्‍याउन पालिका भरिका गाउँ-गाउँमा गुणस्तरिय फ्रि वाइफाईको व्यवस्था गरिनुपर्ने, राप्ती गाउँपालिकामा रहेर विभिन्न सञ्चार माध्यममा क्रियाशील पत्रकारहरुलाई सुचना, समाचार सम्प्रेषणका लागि सहयोग पुर्‍याउने उदेश्यले राप्ती प्रेस मञ्चले सिफारिस गरेका पत्रकारहरुलाई सञ्चार समाग्री स्वरुप आवश्यताका आधारमा ल्यापटप, क्यामरा, प्रेस ज्याकेट र टोपी लगायतका समाग्रीहरु उपलब्ध गराइनुपर्ने, राप्ती गाउँपालिकामा कृयाशिल पत्रकारहरुको थप क्षमता विकासका लागि संसदीय, खोज तथा विकास पत्रकारिता तालिम सञ्चालनका लागि आवश्यक बजेटको व्यवस्था गरिनुपर्ने र लुम्बिनी प्रदेशको स्थायी राजधानी समेत रहेको यस गाउँपालिकामा नयाँ पत्रकारहरु उत्पादन गर्नका लागि प्रत्येक वडाहरुमा कम्तीमा एक वडा पाँच पत्रकार उत्पादन गर्ने उदेश्यले आवसिय आधारभूत पत्रकारिता तालिम सञ्चालनका लागि आवश्यक बजेटको व्यवस्था गरिनुपर्ने लगायतका बिषयहरुमा बजेट सहितको कार्यक्रम माग गरेको छ ।

उक्त माग-पत्र मञ्चका बरिष्ठ उपाध्यक्ष सन्तोषकुमार गुप्ताले पढेर सुनाएका थिए भने मञ्चका अध्यक्ष अर्जुन अधिकारी, मुख्य संरक्षक महेचन्द्र रिजाल र बरिष्ठ उपाध्यक्ष सन्तोषकुमार गुप्ताले संयुक्त रुपमा उक्त माग-पत्र पालिका अध्यक्ष बिष्टलाई बुझाएका हुन् । माग-पत्र बुझ्दै राप्ती गाउँपालिका अध्यक्ष बिष्टले मञ्चले माग-पत्रमा उठाएका सबै बिषयहरु एकदमै जायज र पुरा गर्नुपर्ने योजना रहेकोले पाँच बर्षभित्र ती सबै मागहरु पुरा गर्ने प्रतिबद्धता जनाए ।

उनले अहिलेको समय संचारको समय र युग भएकोले अब त्यही प्रकारका प्रबिधिको विकास हुन जरुरी रहेको बताए । अध्यक्ष बिष्टले आफ्नो पाँच बर्षे कार्यकालमा पत्रकारहरुलाई पनि संगसंगै लिएर जाने र आफूलाई पत्रकारहरुको रचनात्मक सहयोगको आवश्यकता रहेको बताए ।

माग-पत्र बुझाउन मञ्चका अध्यक्ष अर्जुन अधिकारीको नेतृतवमा मञ्चका मुख्य संरक्षक महेश रिजाल, बरिष्ठ उपाध्यक्ष सन्तोषकुमार गुप्ता, उपाध्यक्ष बासुदेव न्यौपाने, महासचिव ओमप्रकाश गुप्ता, कोषाध्यक्ष हुमा सुनार, सदस्यहरु बिरेन्द्र गिरी, किरण जिसी, पशुपति जिसी र भुवन पौडेल लगायतका पत्रकारहरुको सहभागिता रहेको थियो ।

राप्ती प्रेस मञ्चका माग-पत्र :

राप्ती प्रेस मञ्च
राप्ती गाउँपालिका, देउखुरी-दाङ

बिगत एक वर्ष अगाडी लुम्बिनी प्रदेशको स्थायी राजधानी, दाङ जिल्लाको राप्ती उपत्यका अन्र्तगत राप्ती गाउँपालिका—१ भालुवाङमा राप्ती गाउँपालिकामा क्रियाशील विभिन्न सञ्चार माध्यममा आवद्ध पत्रकारहरुको भेलाबाट राप्ती क्षेत्रको सुचना, समाचार तथा यस क्षेत्रको विकासका लागि पत्रकारहरुको छाता संगठनका रुपमा “राप्ती प्रेस मञ्च” गठन गरी सञ्चालन गरेका छाँै । यस मञ्च पत्रकारहरुको हकहितका लागि खोलिएको संस्था हो ।
यसैबीच यस राप्ती गाउँपालिकाको आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रममा तपशिल बमोजिमका बुंदाहरु समावेश गरी सञ्चार क्षेत्रको विकासका लागि निति तथा कार्यक्रम मै यी बिषयहरु समावेश गरी सोही बमोजिम बजेट समेत बिनियोजन गरिदिनु हुन यो माग—पत्र पेश गरेका छौँ ।
तपशिल बमोजिमका हाम्रा मागहरु :
१. राप्ती गाउँपालिकामा तत्काल संञ्चार निती निर्माण गरिनुपर्ने । सञ्चार निति निर्माण गर्दा राप्ती गाउँपालिकामा स्थायी बसोबास गरी नेपाल पत्रकार महासंघको सदस्यता प्राप्त गरेका क्रियाशिल तीन जना पत्रकारहर समावेश गरी ब्यापक छलफल मार्फत सञ्चार निति बनाइनुपर्ने ।
२. राप्ती गाउँपालिकामा क्रियाशिल पत्रकारहरुको छाता संगठन “राप्ती प्रेस मञ्च”को काम, कार्वाहीलाई थप व्यवस्थीत तथा प्रभावकारी बनाउन मञ्चको अत्याधुनिक डिजिटल कार्यालय सञ्चालन गर्नुपर्ने भएको हुँदा उक्त कार्यालय निर्माणका लागि उपयुक्त स्थानमा आवश्यक जग्गा र बजेटको व्यवस्था गरिनुपर्ने ।
३. राप्ती गाउँपालिकाले बनाउने सञ्चार नीति मै व्यवस्था हुने गरी नयाँ सञ्चार माध्यमहरुलाई दर्ता गर्ने व्यवस्था गरिनुका साथै पालिका मै प्रधान कार्यालय स्थापना गरी सेवा प्रवाह गरिरहेका सञ्चार माध्यमहरुलाई सुचिकृत गरी सञ्चार माध्यमको स्तरबृद्धि र विकासका लागि समानुपातिक ढंगबाट सञ्चार माध्यमहरुको क्षमता र अवस्था हेरेर प्रत्येक बर्ष कम्तीमा ५ लाख देखि ८ लाख सम्म बिशेष सञ्चार अनुदान रकम उपलब्ध गराइनु पर्ने ।
४. राप्ती गाउँपालिका भरिका सुचना तथा समाचारहरु एकद्धार प्रणालीबाट देश तथा विदेश भरि पुर्‍याउनका लागि अत्याधुनिक सुविधा सम्पन्न डिजिटल मिडिया हव सञ्चालन गरिनुपर्ने ।
५.राप्ती गाउँपालिकामा बसेर काम गर्ने पत्रकारहरुको सामाजिक सुरक्षाका लागि सञ्चार निति मै व्यवस्था गरी पत्रकारिता हितकोषको स्थापना गरिनुपर्ने ।
६. राप्ती गाउँपालिकामा प्रधान कार्यालय राखेर सञ्चालनमा रहेका सञ्चार माध्यमहरुको क्षमता र अवस्थाको मूल्याङ्कन गरी प्रत्येक सञ्चार माध्यमहरुलाई बार्षिक रुपमै कम्तीमा ३ लाख देखि ५ लाख सम्म रकम बराबरको लोककल्याणकारी विज्ञापनको व्यवस्था गरिनुपर्ने ।
७. राप्ती गाउँपालिकाको सुचना तथा समाचारहरुलाई एकद्धारा प्रणाली बनाउनका लागि पालिका भित्र बसेर विभिन्न संञ्चार माध्यममा आवद्ध तथा सकेसम्म पत्रकार महासंघको सदस्यता प्राप्त गरेका क्रियाशील ३ सदस्यीय पत्रकार सहितको सञ्चार डेक्सको व्यवस्था गरिनुपर्ने र उनीहरुलाई पालिकाबाटै पारिश्रमिक उपलब्ध गराइनुपर्ने ।
८. राप्ती गाउँपालिकाका हरेक नागरिकहरुलाई सुचनाको पहुचमा पुर्‍याउन पालिका भरिका गाउँ—गाउँमा गुणस्तरिय फ्रि—वाइफाईको व्यवस्था गरिनुपर्ने ।
९. राप्ती गाउँपालिकामा रहेर विभिन्न सञ्चार माध्यममा क्रियाशील पत्रकारहरुलाई सुचना, समाचार सम्प्रेषणका लागि सहयोग पुर्‍याउने उदेश्यले राप्ती प्रेस मञ्चले सिफारिस गरेका पत्रकारहरुलाई सञ्चार समाग्री स्वरुप आवश्यताका आधारमा ल्यापटप, क्यामरा, प्रेस ज्याकेट र टोपी लगायतका समाग्रीहरु उपलब्ध गराइनुपर्ने ।
१०. राप्ती गाउँपालिकाले गरेका प्रत्येक गतिबिधिहरुलाई नागरिकस्तर सम्म पुर्‍याउन रेडियो, टेलिभिजन र अनलाइन सञ्चार माध्यमहरु मार्फत कार्यक्रम उत्पादन, प्रसारण तथा प्रकाशनका लागि आवश्यक बजेटको व्यवस्था गरिनुपर्ने ।
११. राप्ती गाउँपालिकामा कृयाशिल पत्रकारहरुको थप क्षमता विकासका लागि संसदीय, खोज तथा विकास पत्रकारिता तालिम सञ्चालनका लागि आवश्यक बजेटको व्यवस्था गरिनुपर्ने ।
१२. लुम्बिनी प्रदेशको स्थायी राजधानी समेत रहेको यस गाउँपालिकामा नयाँ पत्रकारहरु उत्पादन गर्नका लागि प्रत्येक वडाहरुमा कम्तीमा एक वडा पाँच पत्रकार उत्पादन गर्ने उदेश्यले आवसिय आधारभूत पत्रकारिता तालिम सञ्चालनका लागि आवश्यक बजेटको व्यवस्था गरिनुपर्ने ।
१३. राप्ती गाउँपालिका भित्र रहेर सञ्चालन भईरहेका रेडियो, टेलिभिजन र अनलाइनको स्तरबृद्धि तथा ती सञ्चारमाध्यममा आवद्ध पत्रकारहरुको थप क्षमता विकासका लागि प्राविधिक क्षमता विकास तालिम सञ्चालनका लागि आवश्यक बजेटको व्यवस्था गरिनुपर्ने ।
१४. राप्ती गाउँपालिका भित्र रहेका लक्षित समुदाय अपाङ्ग, जेष्ठ नागरिक, बालबालिका, महिला, दलित तथा सिमान्तकृत वर्गहरुको आवाजलाई रेडियो तथा टेलभिजन कार्यक्रम उत्पादन गरी जागरुक बनाउन आवश्यक बजेट व्यवस्था गरिनुपर्ने ।
१५. पत्रकारहरुको क्षमता तथा स्तरबृद्धिका लागि राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरका सञ्चार माध्यमहरुको अवलोकन भम्रणका लागि आवश्यक बजेटको व्यवस्था गरिनुपर्ने ।
१६. राप्ती गाउँपालिका, प्रदेश र संघ सरकारबाट पालिका भित्र सञ्चालन भईरहेका विकास निर्माणका आयोजना तथा विभिन्न कार्यक्रमहरुको रिपोटिङ्ग तथा अनुगमनका लागि लाग्ने आवश्यक खर्चको व्यवस्था गरिनुपर्ने ।
१७. राप्ती गाउँपालिका भित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययारत विद्यार्थीहरुलाई सञ्चार माध्यमको पहुचमा पुर्‍याउन तथा उनीहरुको क्षमता विकासका लागि प्रत्येक विद्यालयमा विद्यालयस्तरिय आधारभूत पत्रकारिता तथा उद्घोषण तालिका सञ्चालनका लागि आवश्यक बजेटको व्यवस्था गरिनुपर्ने ।
१८. नागरिक र सञ्चारमाध्यमको सम्बन्ध प्रगाढ बनाउन गाउँ तथा वडास्तरमा अन्तरक्रियात्मक कार्यक्रम सञ्चालनका लागि आवश्यक बजेटको व्यवस्था गरिनुपर्ने ।
१९. राप्ती गाउँपालिकाले सञ्चालन गरेकाका आयोजना तथा कार्यक्रमका बिषयमा जनप्रतिनिधिलाई जिम्मेवार तथा कर्तव्यबोध बनाउन नागरिकहरु कै बीचमा राखेर सार्वजनिक सुनवाई कार्यक्रम सञ्चालन गरिनुपर्ने । साथै उक्त कार्यक्रम सञ्चालनका लागि पालिकाले आवश्यक बजेटको व्यवस्था गरिनु पर्ने ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे