बैंगलौरले दिएको १५३ रनको लक्ष्य दिल्लीले चार विकेटको क्षतिमा १९ औं ओभरमा पुरा गरेको हो ।अंक तालिकाको शीर्षस्थानमा रहेको मुम्बई इन्डियन्स र दिल्लीबीच आगामी बिहीबार दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा क्वालिफायर–१ मा प्रतिस्पर्धा हुनेछ । विजेता फाइनल प्रवेश गर्नेछ भने पराजित टीमले इलिमिनिटर विजेताबीच खेल्नेछ ।
दिल्लीसँग पराजित भएको बैंगलौरको पनि प्लेअफको स्थान सुरक्षित भएको छ । कोलकाता नाइट राइडर्ससँग समान १४ अंक भए पनि नेट रन रेटको आधारमा बैंगलोर तेस्रो स्थानमा छ ।
बैंगलौरले शुक्रबार कोलकाता र सनराइजर्स हैदरावाद मध्ये एक टीमसँग अबुधाबीमा इलिमिनिटरमा खेल्नेछ ।
प्लेअफमा पुग्न मंगलबार हैदरावादले शीर्षस्थानको मुम्बईलाई पराजित गर्नुपर्नेछ । मुम्बईले हैदरावादलाई हराएको अवस्थामा भने कोलकता प्लेअफमा पुग्नेछ ।
१२–१२ अंक जोडेको किंग्स इलाभेन पञ्जाब, चेन्नाई सुपर किंग्स र राजस्थान रोयल्स भने प्लेअफ दौडबाट बाहिरिसकेको छ ।