देउखुरीको मसुरीयामा सेप्टी ट्यांकी भित्र  नवजात शिशु मृत अवस्थामा फेला



देउखुरीको मसुरीयामा सेप्टी ट्यांकी भित्र  नवजात शिशु मृत अवस्थामा फेला

सिसहनियाँ २५ जेठ । दाङको देउखुरीमा एक नवजात शिशुको शव शाैचालयको सेप्टी ट्यांकी भित्र मृत अवस्थामा फेला परेको छ ।

राप्ती गाउँपालिका वडा नम्बर ३ मसुरीया निवासी १५ वर्षिय आमाले जन्माएको १६ दिनको बच्चा आज बिहान घर पछाडि रहेको सेप्टी ट्यांकी भित्र मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ ।

आमा र बच्चा सँगै सुतेको तर बिहान बच्चालाई स्थानीय छिमेकीले नदेखेपछि खोज्ने क्रममा विहान घर पछाडिको सेप्टी ट्यांकीमा मृत अवस्थामा फेला पारि प्रहरीलाई खवर गरेका थिए ।

प्रहरीका अनुसार ती नवजात शिशुलाई मारेर फालेको हुन सक्ने प्रहरीले बताएको छ । मृतक शिशुको आमालाई प्रहरीले नियन्त्रणमा लिएर घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे