शिवसवरीधाममा सञ्चालित बत्ती प्रज्वलन कार्यक्रमको चाैथो दिन दिनमा मात्र ३५ हजार बढी दान संकलन



शिवसवरीधाममा सञ्चालित बत्ती प्रज्वलन कार्यक्रमको चाैथो दिन दिनमा मात्र ३५ हजार बढी दान संकलन

सिसहनियाँ २५ जेठ । शिवसवरी धाम धार्मिक केन्द्र राप्ती गाउँपालिका ५ पहरूवामा सञ्चालित ऐतिहासिक ३ करोड बढी बत्ती प्रज्वलन कार्यक्रमको चाैथो दिनमा मात्र ३५ हजार ४ सय ३५ रूपैयाँ दान संकलन भएको छ ।

केन्द्रको नवाैं स्थापना दिवसको अवसरमा विश्व शान्तिका लागि आयोजित बत्ती प्रज्वलन कार्यक्रममा मंगलबार दिउँसो र राति सम्म सो रकम संकलन भएको हो ।

जस अनुसार घोराही ५ निवासी शिवशान्ति माझीबाट ३ हजार २५, घोराही १० निवासी अन्जिरा चाैधरीबाट ३ हजार ५, राप्ती गाउँपालिका वडा नम्बर ५ निवासी युवराज ज्ञवालीबाट ३ हजार ५५, लमही नगरपालिका ४ निवासी विमला चाैधरीबाट ३ हजार ५ रूपैयाँ आजिवन सदस्य तथा दान स्वरूप प्राप्त भएको  सचिवालय प्रमुख ओमप्रकाश गुप्ताले जानकारी दिएका छन् । 

त्यस्तै राप्ती गाउँपालिका ५ निवासी छुनीलाल चाैधरीबाट ३ हजार १ सय १५, राप्ती गाउँपालिका ५ निवासी श्यामा रावतबाट ३ हजार ५, राप्ती गाउँपालिका ५ निवासी दुर्गा ग्वाङ मगरबाट ३ हजार १ सय ५ रूपैयाँ दान तथा आजीवन सदस्य वाफत प्राप्त भएको सचिवालय प्रमुख गुप्ताले जानकारी दिएका छन् ।

यसै बिच आज बत्ती प्रज्वलन कार्यक्रमको पाँचौ तथा अन्तिम दिन बिहान १० बजे देखि बेलुका ४ बजे सम्म कथा बाचन, संगितमय भजन, झाँकी देखाइने र बेलुका ठिक ७ बजे ३ करोड बढी बत्ती बाल्न लागिएको कार्यक्रम संयोजक मिश्रुलाल चाैधरीले जानकारी दिएका छन् ।

५ दिन सम्म सञ्चालन हुने कार्यक्रममा प्रमुख बाचक शिरोमणी पण्डित दिपक प्रसाद पाैडेलले संगितमय शैलीमा कथा वाचन गरिरहनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे