जिल्ला समन्वय समिति दाङको निर्वाचन जेठ २९ गते हुने



जिल्ला समन्वय समिति दाङको निर्वाचन जेठ २९ गते हुने

दाङ २३ जेठ । जिल्ला समन्वय समिति दाङको निर्वाचन जेठ २९ गते हुने भएको छ । सोमबार घोराहीमा बसेको छैटौं जिल्ला सभाले जेठ २९ गते निर्वाचन गर्ने निर्णय गरेको हो । स्थानीय तहका प्रमुख मध्य जेष्ठ अध्यक्ष लमही नगरपालिकाका मेयर जोगराज चौधरीको अध्यक्षतामा सभा भएको थियो ।

सभामा जिल्ला समन्वय समितिका कार्यवहाक सभापति श्रीधर शर्मा पौडेल, जिल्ला समन्वय अधिकारी मोहन सुवेदी लगायतको उपस्थिति रहेको थियो । सभाले जिल्ला समन्वय समितिमा ९ सदस्यीय कार्यसमिती बनाउने निर्णय समेत गरेको छ ।

यसैबिच केन्द्रको परिपत्र अनुसार जिल्ला समन्वय समितिको निर्वाचन जेठ २९ गते १० बजे देखि दिउँसो ३ बजेसम्म गर्ने जिल्ला समन्वय अधिकारी श्रीधर शर्मा पौडेलले जानकारी दिए । जिसस निर्वाचनका लागि पालिका प्रमुख उपप्रमुखले मतदान गर्छन । जिसस दाङको निर्वाचनका लागि नेपाली कांग्रेसको बहुमत छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे