असार १ गते देखि आइतवारको बिदा खारेज, प्रभावकारी नभएको निष्कर्ष



असार १ गते देखि आइतवारको बिदा खारेज, प्रभावकारी नभएको निष्कर्ष

काठमाण्डाै २३ जेठ । सरकारले आइतवार पनि दिँदै आएको सार्वजनिक बिदा खारेज गरेको छ । आज साेमवार बसेको मन्त्रिपरिषद्को बैठकले असार १ गते देखि लागू हुने गरी आइतवारको बिदा खारेज गरेको खानेपानी मन्त्री उमाशंकर चौधरीले जानकारी दिएका छन् ।

पेट्रोलियम पदार्थको खपत कम गर्न भन्दै सरकारले जेठ १ गतेदेखि हप्तामा दुई दिन शनिवार र आइतवार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । तर आइतवारको बिदाका कारण सरकारी कामकाज भद्रगोल भएको र अपेक्षाअनुसार पेट्रोलियम पदार्थको खपत कम नभएको निष्कर्ष निकाल्दै सरकारले आइतवारको बिदा खारेज गर्ने निर्णय गरेको हो ।

‘हामीले परीक्षणको रूपमा मात्रै दुई दिनको बिदा लागू गरेका थियौँ तर हाम्रै सरकारी कार्यालय, निजी क्षेत्र, शैक्षिक क्षेत्र सञ्चार माध्यम लगायतको सुझावका आधारमा आइतवारको बिदा खारेजीको निर्णय भएको हो’, मन्त्री चौधरीले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे