दाङका पालिकामा स्थानीय चुनाव, गढ भत्काउँदै, विजयको झण्डा फहराउँदै



दाङका पालिकामा स्थानीय चुनाव, गढ भत्काउँदै, विजयको झण्डा फहराउँदै

दाङ ४ जेठ । दाङको राप्ती गाउँपालिका काँग्रेसको गढ हो । गाविस हुँदा देखि नै काँग्रेसको एकक्षत्र राज रहेको राप्ती गाउँपालिका यो स्थानीय निर्वाचनले काँग्रेसको गढ भत्किएको छ । यस पटकको निर्वाचनमा काँग्रेस राप्तीमा तेस्रो शक्तिको रूपमा देखिनु नै गढ भत्किएको प्रमाण हो । राप्तीमा काँग्रेसको गढलाई माओवादी केन्द्रले भत्काएर आफ्नो विजयको झण्डा गाडेको छ ।

७० पछिका सबै निर्वाचनमा राप्ती गाउँपालिका काँग्रेसका लागि महत्वपूर्ण क्षेत्र र निर्णायक मत भएको क्षेत्रका रूपमा रहदै आएको थियो । तर यस पटक २ हजारभन्दा बढी मतान्तर राखेर माओवादी केन्द्रले पालिकामा विजयको झण्डा फहराएको छ ।

यस्तै दाङको बबई गाउँपालिकामा २०७४ सालको स्थानीय निर्वाचनमा एमालेका भूवनेश्वर पौडेल अत्यधिक मतका साथ अध्यक्षमा निर्वाचित भए । काँग्रेसका उम्मेदवारभन्दा धेरै मतान्तरले बबईमा एमालेले आफ्नो गढ सावित गर्दै विजयको झण्डा फहरायो ।

त्यसपछिका संसदीय निर्वाचनमा पनि बबई एमालेकै गढ बनेर उभियो । प्रदेश सभा सदस्य, प्रतिनिधि सभा सदस्यमा एमाले उम्मेदवारका लागि बबई नै निर्णायक शक्तिका रूपमा देखियो । त्यो बबईकै कारण विजय प्राप्त पनि ग¥यो । प्रदेश सभाको ७६ मा भएको उप–निर्वाचनमा पनि बबईको मत नै नेकपाका उम्मेदवारका लागि सति सावित भयो ।

यस पटकको स्थानीय निर्वाचनमा पनि एमालेले जित्ने पालिमाका बबई एक नम्बरमै थियो । उम्मेदवारी दर्तादेखि मत गणनासम्मको अवस्थासम्म एमालेले बबई गुमाउनेमा कुनै आसासमेत गरेको थिएन । तर अहिलेको स्थानीय निर्वाचनमा बबईमा एमालेले लजास्पद हार बेहोरेको छ । एमालेको गढमा नेपाली काँग्रेसले विजयको झण्डा फहराएको छ । काँग्रेसका कुल बहादुर खत्री ठूलो मतान्तरसहित बबईमा उदाएका छन् । उपाध्यक्ष, बहुमत वडा अध्यक्षसहित बबईमा काँग्रेसले धेरैपछि विजयको झण्डा गाडेको छ ।

दाङमा यसरी हेर्दा फरक दलको गढलाई भत्काउँदै आफ्नो विजयको यात्रामा दलहरू लागेका छन् भने कति दलहरूले आफ्नो विरासद जोगाउन यो निर्वाचनमा सकेका छैनन् ।


दाङको दंगीशरण गाउँपालिका एमालेको गढ भएको पालिका हो । २०७४ सालको स्थानीय निर्वाचनमा पालिका जितेको एमालेले त्यसपछिका दुईवटा निर्वाचनमा पनि एमालेमय नै भयो । तर यस पटकको निर्वाचनले काँग्रेसलाई दंगीशरणमा फर्काइ दिएको छ ।

दंगीशरणमा अहिले अध्यक्ष उपाध्यक्षसहित बहुमत वडा अध्यक्षमा काँग्रेसका उम्मेदवारहरूले सानदार मतान्तरमा विजय प्राप्त गरेका छन् । यस पटकको निर्वाचनले एमाले गढ भत्काएर काँग्रेसको उदय गराइदिएको छ । शम्भु गिरी अध्यक्षसहित उपाध्यक्ष र बहुमत वडा अध्यक्ष दंगीशरणमा काँग्रेसले जितेको छ ।

गढवा गाउँपालिका पनि २०७४ मा एकालेकै गढ सावित भयो । २०७४ पछिका निर्वाचनमा पनि एमाले राम्रो पकेट भएको क्षेत्रका रूपमा गढवालाई चित्रण गरियो । निर्वाचनमा निणार्यक मत गढवाले प्रस्तुत ग¥यो । तर यस पटकको निर्वाचनमा गढवा गाउँपालिकामा काँग्रेस विजयउन्मुख देखिएको छ । यहाँ एमाले तेस्रो स्थानमा झरेको छ । माओवादी केन्द्र र काँग्रेस प्रतिस्पर्धामा छन् । पालिकामा काँग्रेसका सर्वजित डिसीको प्यानल विजयउन्मुख छ ।

शान्तिनगर गाउँपालिका र राजपुर गाउँपालिकामा नेपाली काँग्रेसले आफ्नो गढ प्रमाणित गरेको छ । २०७४ सालको स्थानीय निर्वाचनमा जितेका यि दुई पालिका अहिले निर्वाचनमा पनि नेपाली काँग्रेसले जोगाएर राख्न सफल भएको हो । राजपुरमा शरद बुढाथोकी अध्यक्षमा र धनपति यादव उपाध्यक्षमा निर्वाचित भइसकेका छन् । शान्तिनगरमा पनि अध्यक्षमा प्रमोद बस्नेतसहितको टिम निर्वाचित भइसकेको छ । बहुमत वडा अध्यक्ष उपाध्यक्षसहितले जित हात पारेका छन् ।

दाङमा यसरी हेर्दा फरक दलको गढलाई भत्काउँदै आफ्नो विजयको यात्रामा दलहरू लागेका छन् भने कति दलहरूले आफ्नो विरासद जोगाउन यो निर्वाचनमा सकेका छैनन् । सल्यानमा पनि यस पटक माओवादीका गढ भत्काएर काँग्रेसले विजयको झण्डा फहराउन थालेको छ । ५१ सालपछि लोप भएको काँग्रेस ७४ सालमा देखिएको छ । माओवादीको गढ भएको कुमाख गाउँपालिकामा काँग्रेसका उम्मेदवारहरू विजयी भएका छन् । एमालेको गढ भएको सिद्धकुमाखमा पनि काँग्रेसले विजय प्राप्त गरेको छ ।

प्रदेश टुडे दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे