तुलसीपुरमा ब्राउनसुगर सहित ४ जना पक्राउ



तुलसीपुरमा ब्राउनसुगर सहित ४ जना पक्राउ

तुलसीपुर ३ जेठ । अवैध लागु औषध ब्राउनसुगर सहित ४ जना पक्राउ परेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका –.६ सुन्दर टोल निबासी २३ बर्षका रविन नेपाली, सोही ठाउँका ३४ बर्षका अम्मर बाल्मिकी, तुलसीपुर उपमहानगरपालिका–.९ निबासी २७ बर्षका मार्केट जेठा भन्ने कृष्ण जैसी र घोराही उपमहानगरपालिका–.१० घर भई हाल तुलसीपुर– ५ निबासी २८ बर्षका राजेश नेपाली रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिएका छन्

पक्राउ परेकाहरुको साथबाट प्रहरीले प्लाष्टिक सहित ४४० मिली ग्राम लागु औषध ब्राउन सुगर बरामद गरेको छ । विशेष सुराकीको आधारमा डिएसपी अर्याललेका नेतृत्वमा गएको प्रहरी टोलीले सोबार साँझ राप्ती बबई क्याम्पस पछाडीबाट नियन्त्रणमा लिएको हो । प्रहरीले रा ५ प ८८६५ नम्बरको मोटरसाईकल पनि नियन्त्रणमा लिएको हो । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेका छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे