नेपालमा कम्युनिष्ट पार्टी स्थापना भएको आज ७३ वर्ष पूरा देशभर विभिन्न कार्यक्रम गरी मनाइदै



नेपालमा कम्युनिष्ट पार्टी स्थापना भएको आज ७३ वर्ष पूरा देशभर विभिन्न कार्यक्रम गरी मनाइदै

काठमाण्डाै ९ बैशाख । नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएको ७३ वर्ष पूरा भएको छ । ७३ वर्षअघि आजकै दिन २००६ सालमा भारतको काेलकातामा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियो ।

नेकपा स्थापना गर्दा संस्थापक सदस्यमा मोतीदेवी श्रेष्ठ, निरञ्जनगोविन्द वैद्य, नरबहादुर कर्माचार्य र नारायणविलास जोशीलगायतका नेताहरू थिए । महासचिवमा पुष्पलाल श्रेष्ठ हुनुहुन्थ्यो ।

२०१५ सालमा भएको पहिलो आम चुनावमा कम्युनिस्ट पार्टीले चार सिट जितेको थियो । त्यसक्रममा केशरजंग रायमाझीले पञ्चायती व्यवस्थाको समर्थन गरेलगत्तै कम्युनिस्ट पार्टी औपचारिक विभाजन भएको थियो । नेपालका कम्युनिस्ट पार्टीहरू धेरैपटक फुट र जुटको शृङ्खलामा सामेल भएका छन् ।

पछिल्लाे पटक २०७४ सालको चुनावमा गठबन्धन बनाएर चुनावमा गएका एमाले र माओवादी केन्द्र २०७५ सालको जेठ ३ गते एउटै पार्टी बनाउन सफल भए पनि फेरि अलग पार्टी बनेको छ । एमालेमा पनि विभाजन भएको छ । आपसमा विभाजन भएका कम्युनिस्ट पार्टीहरू यसपालि कोही कांग्रेससँग र कोही अर्को पार्टीसँग तालमेल गरेर चुनावी अभियानमा जुटेका छन् ।

यसैबीच कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसर पारेर एमालेले आज यही वैशाख ३० गते हुने पालिका चुनावलाई केन्द्रित गरेर घोषणापत्र सार्वजनिक गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे