भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीको लगत सङ्कलनको काम स्थगित



भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीको लगत सङ्कलनको काम स्थगित

काठमाण्डाै ९ बैशाख । राष्ट्रिय भूमि आयोगले लगत सङ्कलनको काम स्थगित गरेको छ । पालिका तहमा भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीको लगत सङ्कलन हुँदै आएकोमा तत्कालका लागि स्थगित भएको आयोगले जनाएको छ ।

पालिका तहको चुनावसम्बन्धी आचारसंहिता लागू भएको, कर्मचारी चुनावमा खटिनुपर्ने र जनप्रतिनिधिले पनि चुनावी प्रक्रियामा भाग लिन राजीनामा दिनुपर्ने भएकाले पालिकाबाट भइरहेको लगत सङ्कलनको काम अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे