दाङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना



दाङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

दाङ ८ बैशाख । वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनका दाङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । बिहिबार एक कार्यक्रमको आयोजना गरी जिल्ला अदालत घोराहीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

कार्यालयको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि घोराही उपमहानगरपालिकाका नरुलाल चौधरीले निर्वाचनलाई निष्पक्ष, भयरहित बनाउन सबै लाग्नु पर्ने बताएका छन् ।

२०७४ सालको निर्वाचन जस्तो यस पटकको निर्वाचनलाई बहिष्कार नै गरेर डरत्रास सृजना गर्ने खालको पार्टी नभएको उनको भनाइ छ । जसले निर्वाचन भयरहित र लोकतान्त्रिक रुपमा हुने विश्वास व्यक्त गरे ।

निर्वाचन शान्त रुपमा बनाउन राजनीतिकि दलहरुको मूख्य भूमिका हुने कार्यक्रमका विशिष्ट अतिथि समेत रहेका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताए । २०७४ सालको निर्वाचनमा खुल्ला ठाउँमा समेत मतगणना भएको स्मरण गर्दै उनले यस पटक पनि सोहि वातावरण गराउन सबैको साथ आवश्यक हुने उल्लेख गरेका छन् ।

त्यस्तै मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले निर्वाचन निष्पक्ष, भयरहित, पारदर्शी तथा विश्वसनीय बनाउन आफू सधैं तत्पर रहेको भन्दै जसका लागि सबैले साथ दिनुपर्ने धारणा व्यक्त गरेका छन् । उनले राजनीतिक दलहरुलाई आचारसंहिता लागू गर्न पनि आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे