दाङकाे देउखुरीबाट भारतको पाटनदेवी मन्दिर जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा ९ जना भन्दा बढी घाइते



दाङकाे देउखुरीबाट भारतको पाटनदेवी मन्दिर जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा ९ जना भन्दा बढी घाइते

दाङ ३ वैशाख । दाङ देउखुरीबाट भारतको उत्तरप्रदेशस्थित पाटनदेवी मन्दिरमा लागेको मेला भर्न जाँदै गरेको तीर्थालु भक्तजन सवार ट्याक्टर दुर्घटना भएको छ। गढवा गाउँपालिका–८ कोइलावास नजिक भिरालो ठाउँमा ट्याक्टर दुर्घटना हुँदा ९ जनाभन्दा बढी घाइते भएका छन्।

घाइतेको टाउको, हात, अनुहारमा गम्भीर चोट लागेको छ। घाइतेलाई उद्धार गरेर अहिले लमही अस्पताल पु¥याइएको गढवा गाउँपालिका–८ का अध्यक्ष सद्धाम सिद्धिकीले जानकारी दिए।

गढवा गाउँपालिका–४ र ६ का स्थानीय ट्र्याक्टर चढेर पाटनदेवी जाँदै थिए। ‘ट्याक्टर पल्टिएको सूचना पाउनासाथ घटनास्थलमा पुगियो। एम्बुलेन्स चलाउने चालक बिदामा थिए। आफँैले एम्बुलेन्स चलाएर घटनास्थलबाट घाइतेको उद्धार गरी अस्पताल पु¥याइयो,’ वडाध्यक्ष सिद्धिकीले भने, ‘ट्याक्टरमा कम्तीमा २५ जना सवार थिए।’

गम्भीर घाइते भएकाहरूलाई थप उपचारका लागि बुटवल रेफर गरिएको छ। ट्याक्टर न्युटलमा भएकाले ब्रेकले काम नगरेपछि दुर्घटनामा परेको प्रहरीको अनुमान छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे