राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी भाेली बैशाख ३ गते देउखुरीकाे लालमटियामा आउँदै



राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी भाेली बैशाख ३ गते देउखुरीकाे लालमटियामा आउँदै

भालुवाङ २ बैशाख । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी  भाेली बैशाख ३ गते देउखुरीकाे लालमटियामा आउँदै छन्। आसन्न बैशाख ३० गते हुन गईरहेकाे स्थानीयतहकाे निर्वाचनलाई लक्षित गरी लुम्बिनी प्रदेशकाे राजधानी समेत रहेकाे दाङ-देउखुरीकाे राप्ती गाउँपालिका-२, लालमटिया बजारमा आयाेजित चुनावी आमसभालाई सम्बाेधन गर्न पार्टी अध्यक्ष केसी आउन लागेका हुन् ।

राष्ट्रिय जनमाेर्चा राप्ती गाउँपालिका कमिटीकाे आयाेजनामा हुन गईरहेकाे चुनावी आमसभालाई पार्टी अध्यक्ष केसी संगै पार्टीका कार्यकारी अध्यक्ष रश्मीराज नेपाली र केन्द्रीय उपाध्यक्ष जनकराज शर्मा लगायतका केन्द्रीय नेताहरूले बिशेष सम्बाेधन गर्ने कार्यक्रम रहेकाे पार्टीका दाङ जिल्ला अध्यक्ष गणेश आचार्यले जानकारी दिए ।

आउदो बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन मिति नजिकिदै गर्दा जनमोर्चाले चुनावी अभियानलाई तिब्रता दिएको छ । यता जनमाेर्चाले चुनावी आमसभा कार्यक्रमकाे सम्पूर्ण तयारी पुरा भएकाे जनाएकाे छ ।

साथै आमसभामा हजाराैँकाे संख्यामा पार्टीका नेता, कार्यकर्ताहरूलाई सहभागी गराइने र सयाैँकाे संख्यामा पार्टी प्रवेश समेत गराउने कार्यक्रम रहेकाे जिल्ला अध्यक्ष आचार्यले देउखुरी टुडेलाई जानकारी दिएका छन् । दिउँसो १ बजे हुने चुनावी विशाल सभामा उपस्थितिका लागि राष्ट्रिय जनमोर्चा दाङले नेता, कार्यकर्ता लगायत सबैमा अनुरोध समेत गरेको छ ।

यसैबीच राप्ती प्रेस मञ्च राप्ती गाउँपालिकाले पूर्व उप-प्रधान, सहकारी तथा गरिबी निवारण मन्त्री समेत रहेका राजमाे अध्यक्ष चित्रबहादुर केसी स‌ग हाेटेल पाैवा भालुवाङमा पत्रकार सम्मेलनकाे आयाेजना गरेकाे मञ्चका अध्यक्ष अर्जुन अधिकारीले जानकारी दिएका ‍छन् ।  बिहान ८ बजे हुने उक्त पत्रकार सम्मेलन कार्यक्रममा दाङ देउखुरीका सम्पूर्ण पत्रकारहरुलाइ उपस्थितका लागि मञ्चले सबैमा अनुराेध समेत गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे