दाङमा एमालेद्धारा उमेदवार छनौट प्रक्रिया तिब्रता, दुई उपमहानगरपालिकाका लागि ९ जनाको नाम सिफारिस



दाङमा एमालेद्धारा उमेदवार छनौट प्रक्रिया तिब्रता, दुई उपमहानगरपालिकाका लागि ९ जनाको नाम सिफारिस

दाङ २ बैशाख । स्थानिय तहको निर्वाचन नजिकिदै गर्दा नेकपा एमाले दाङले उमेदवार छनोट प्रक्रियालाई तिव्र पारेको छ । सोही अन्र्तगत जिल्लाका दुई उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखका लागी सम्भावित उमेदवारहरुको नाम सिफारिस गरेको छ ।

सहमती हुन नसकेपछि दुई उपमहानगरमा मेयरको उमेदवारका लागि पाँच जनाको नाम सिफारिस गरेको एमालेले जनाएको छ । एमालेले मेयरका लागि तुलसीपुर उपमहानगरबाट ३ जना र घोराहीबाट २ जनाको नाम सिफारिस गरेको हो ।

तुलसीपुर उपमहानगरमा मेयरको पदको सम्भावित उमेदवारका लागि बहालवाला उपमेयर माया शर्मा आचार्य, कृष्णप्रसाद भुषाल र टिकाराम खड्काको नाम सिफारिस भएको छ ।

यस्तै उपमेयरमा युवा करारा सुनार र स्यानी चौधरीको नाम सिफारिस भएको छ । सुनार हाल जनप्रतिनिधि हुन भने चौधरी सामाजिक संस्थामा आबद्ध छिन् ।त्यसैगरी घोराही उपमहानगरमा मेयरका लागि हालका मेयर नरुलाल चौधरी र अहिलेकै उपमेयर सिता सिग्देल न्यौपानेको नाम सिफारिस गरेको नेकपा एमाले दाङका सचिव मनोहर बुढाथोकीले जानकारी दिए ।

सिफारिस गरेर पठाईएको नाम आउदो ५ गतेसम्म छनोट भई आईपुग्ने उनले बताए । दुई उपमहानगरबाट संकलित नाम केन्द्रले टुंगो लगाएर पठाउने छ । तुलसीपुर उपमहानगर र घोराही उपमहानगर गरेर एक जना मेयर र एक जना उपमेयरको नाम आउने उनले जानकारी दिए ।

यस्तैगरी नेकपा एमाले दाङले बंगलाचुली गाउँपालिका र राजपुर गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्षमा उमेदवारका लागी सर्वसमत रुपमा नाम सिफारिस गरेको छ ।

बंगलाचुलीमा अध्यक्षमा भेषराज खत्री र उपाध्यक्षमा सरस्वती घर्ती तथा राजपुरमा कुलराज गिरी र सिता यादवको नाम सर्वसम्मत रुपमा सिफारिस गरिएको एमाले दाङले जनाएको छ ।

यस्तै पश्चिम दाङको बबई गाउँपालिकाको अध्यक्षमा बर्तमान अध्यक्ष भुबनेश्वर पौडेल,बर्तमान उपाध्यक्ष सावित्री बिश्वकर्मा र ज्ञानप्रसाद आईतबारेको नाम चर्चामा रहेको छ । एमालेबाट उपाध्यक्षका लागि शारदा शाह र टेकेन्द्रराज अधिकारीले आकांक्षा ब्यक्त गरे । अन्य पालिकामा पनि एमालले उमेदवार सिफारिस गर्ने प्रक्रिया सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे