आफू अपहरणमा परेको नाटक गरी आफ्नै साहु सँग ५० लाख रुपैयाँ फिरौती माग्ने एक जना पक्राउ



आफू अपहरणमा परेको नाटक गरी आफ्नै साहु सँग ५० लाख रुपैयाँ फिरौती माग्ने एक जना पक्राउ

घोराही ९ चैत । आफू अपहरणमा परेको नाटक गरि आफ्नै साहु सँग ५० लाख रुपैयाँ फिरौती माग्ने एक जनालाई दाङमा प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ । रुकुम पश्चिम बाफिकोट गाउँपालिका ९ घर भई हाल तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ नयाँबस्तीका हरीप्रसाद रिजालको ड्राईगन फ्रुट कृषि फर्ममा काम गर्दै आएका २४ वर्षीय जनक देवकोटालाई प्रहरीले लमही नगरपालिका ९ अमेलिया जंगलबाट नियन्त्रणमा लिई बुधबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो ।

देवकोटाले फर्म सञ्चालक रिजाललाई डर, त्रास र धम्की दिई ५० लाख रुपैयाँ फिरौती मागेको प्रहरीले जनाएको छ । आफु अपहरणमा परेको नाटक गरि मध्यरातमा म्यासेज मार्फत ५० लाख रुपैयाँ नदिए देवकोटालाई सिध्याईदिने धम्की दिएका थिए । फागुन २७ गते फर्ममा प्लाष्टिकको पाईपमा कालो टेपले बेरेर बम जस्तो बस्तु राखेका थिए । उक्त बस्तुलाई नेपाली सेनाले डिष्पोज गरेको थियो । त्यसपछि ३० गते फर्म सञ्चालक रिजाल आबद्ध रहेको पार्टी र स्वंयले अमेरिकी सहयोग सम्झौता एमसीसीको पक्षमा रहेको भन्दै धम्कीपूर्ण भाषामा नो एमसीसी लेखेको पत्र राखेका थिए । लगत्तै चैत्र ६ गते देवकोटा तुलसीपुर बजार जान्छु भनि निस्कीएको र त्यहाँबाट बैंकमा गई उनी नेपालगञ्ज गएका थिए ।

बेलुका घरमा श्रीमती पवित्रा देवकोटालाई तपाईको बुढो हामी सँग सुरक्षित छ हामी एउटै पार्टीका रहेछौ हजुर आफु सुरक्षित ठाउँमा जानु होस, हामी हजुरको बुढोलाई केही गर्दैनौ, हामीले हरिप्रसाद रिजाल सँग बदला लिनु छ भनेर मोवाईलमा म्यासेज लेखेर सम्पर्क विहीन भएका थिए । त्यसपछि प्रहरीले जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी मुकुन्द रिजाल, इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी स्यामु अर्याल र वडा प्रहरी कार्यालय घोराहीका प्रमुख प्रहरी निरीक्षक हृदेयस सापकोटाको टोली उद्धार र असन्धानमा खटेको थियो ।

देवकोटाले रिजालको घर व्यवहारका बारेमा सबै बुझेकाले सजिलै सँग पैसा कमाउने सोचले उक्त घटना रचेको दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले बताए । देवकोटा बिरुद्ध झुठा अफबाह फैलाउन नहुने कसुरमा मुलुकी फैजदारी संहिता २०७४ को परिच्छेद ३ को दफा ७० (झुठा अफबाह फैलाउने) र सोही ऐनको परिच्छेद ७ को दफा १४० बमोजिम कृत्रिम बिष्फोटक पदार्थ बनाउन वा प्रयोग गर्न नहुने कसुरमा सजाय अन्तरगत मुद्धा चल्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे