दाङमा मृत भेटिएका पुरुषको सनाखत



दाङमा मृत भेटिएका पुरुषको सनाखत

दाङ २२ फागुन । दाङको घोराहीमा मृत अवस्थामा फेला परेका एक पुरुषको पहिचान खुलेको छ । गत बुधवार घोराही उपमहानगरपालिका ४ अम्मरे सोतामा मृत भेटिएका पुरुष घोराही ७ राजपुरका ५० बर्षिय भोलाराम चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

मृत भेटिएको पुरुषको आफना छोराले सनाखत गरेको प्रहरीले बताएको छ । मृतकको शवलाई पोष्टमार्टम गरी आफन्तीको जिम्मा लगाईएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता एवं डिएसपी मुकुन्द रिजालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे