दाङमा जुवाको खालबाट नगद सहित ११ जना पक्राउ



दाङमा जुवाको खालबाट नगद सहित ११ जना पक्राउ

दाङ  २२ फागुन । दाङमा प्रहरीले जुवाकाे  खालबाट ११ जनालाई पक्राउ गरेको छ । अवैध रुपमा जुवा खेलिरहेको भन्ने गोप्य सुचनाको आधारमा गएको प्रहरी टोलीले उनीहरुलाई शनिबार दिउँसो ४ बजे घोराही उपमहानगरपालिका वडा नं. १५ मा रहेको न्यु सुप्रिया होटल एण्ड लजबाट पक्राउ गरेको प्रहरीले बताएको छ ।

पक्राउ पर्नेमा होटल सञ्चालक अर्घाखाँची सन्धिखर्क नगरपालिका वडा नं. ८ का ५२ वर्षीय गोपाल बहादुर कुँवर, रोल्पा रुन्टीगढी गाउँपालिका वडा नं. ७ का ३४ वर्षीय शरोज पुन, रुन्टीगढी गाउँपालिका वडा नं. ५ का ३६ वर्षीय धनश्याम वली, घोराही उपमहानगरपालिका वडा नं. ५ का ३० वर्षीय कृष्ण बहादुर रावत, वडा नं. १३ का ३९ वर्षीय मन बहादुर खड्का रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

त्यसैगरी घोराही १६ का ३५ वर्षीय रेशम बहादुर कँवर, वडा नं. १३ का ४५ वर्षीय खेमराज गिरी, वडा नं. ८ का ४२ वर्षीय काशिराम भट्राई, वडा नं. १५ का ५५ वर्षीय भुप बहादुर केसी, वडा नं. ६ का ३० वर्षीय य्वराज केसी र प्युठान नगरपालिका वडा नं. ५ का २८ वर्षीय जीवन नेपाली रहेको प्रहरीले बताएको छ । उनीहरुको साथबाट प्रहरीले २ लाख २१ हजार तीनसय नगद र जुवा खेल्न प्रयोग भएको सात गड्डी तास समेत बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे