राप्ती पुल महोत्सव हावाहुरीका कारण स्थगित, भोली कृष्ण रेउले सहितका कलाकारले मञ्च तताउने



राप्ती पुल महोत्सव हावाहुरीका कारण स्थगित, भोली कृष्ण रेउले सहितका कलाकारले मञ्च तताउने

सिसहनियाँ २० फागुन । देउखुरीको सिसहनियाँ–महदेवा जोड्ने नेपालको दोस्रो लामो पुलमा सञ्चालित प्रथम राप्ती पुल महाशिवरात्री मेला महोत्सव आज तिव्र गतिमा चलेको हावाहुरीका कारण स्थगित भएको छ ।

हावाहुरीले मञ्च तथा स्टलहरूमा क्षति समेत गरेको महोत्सवका साँस्कृतिक संयोजक ओमप्रकाश चौधरीले जानकारी दिएका छन् । यसै बिच फागुन २१ गते चर्चित लोकदोहरी गायक कृष्ण रेउले, चर्चित थारू गायकहरू राज कुस्मी, श्रीनिवास चौधरी थारू गायिकाहरू सोनु कुस्मी, समीक्षा चाैधरी लगायतका कलाकारहरु आउन लागेका छन् ।

त्यसै गरी महाेत्सवमा  इन्द्रणी कार्यक्रमकी चर्चित बाल गायिका एक्टिमा परियार साथमा कुशल उद्घोषक दिपक बर्मा आउने र लाइभ दोहोरी कार्यक्रम समेत हुने महोत्सवका साँस्कृतिक संयोजक चौधरीले जानकारी दिएका छन् । राप्ती पुल संरक्षण तथा पर्यटन प्रवर्द्धन विकास समिति गढवा गाउँपालिका–२ महदेवाको आयोजनामा गत फागुन १५ गते देखि सञ्चालित महोत्सवको आज साताै दिन शनिबार ती कलाकारहरु आउन लागेका हुन् ।

स्थानीय कला संस्कृतिको संरक्षण सँगै सिसहनियाँ– महदेवा जोड्ने सडकमा सडक बत्ती जडान गर्ने उद्देश्यले महोत्व आयोजना गरिएको बताइएको छ । विहान ११ बजे देखि सुरु हुने कार्यक्रममा उपस्थितीका लागि आम देउखुरीबासीमा आयोजकले अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे