देउखुरीको राप्ती गाउँपालिकामा थप ७ जनामा कोरोना संक्रमण पुष्टि
भालुवाङ १८ माघ । दाङ देउखुरीको राप्ती गाउँपालिकामा साेमबार थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सिसहनियाँ स्वास्थ्य चाैकी र प्रस्तावित भालुवाङ अस्पतालमा ११ जनामा गरिएको एन्टिजेन परिक्षणका क्रममा ५ महिला र २ जना पुरूष गरी कुल ७ जनामा संक्रमण पुष्टि भएको राप्ती गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण राउतले जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्