पारिश्रमिक थप नगरेको भन्दै तुलसीपुरमा विद्यालय कर्मचारी आन्दोलित



पारिश्रमिक थप नगरेको भन्दै तुलसीपुरमा विद्यालय कर्मचारी आन्दोलित

तुलसीपुर ४ माघ । नेपाल विद्यालय कर्मचारी परिषद तुलसीपुरले तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेलाई ध्यानाकर्षण पत्र बुझाएको छ । तुलसीपुर नगर समितिका अध्यक्ष मिना भण्डारी र सचिव चेतनराज बस्नेतको नेतृत्वमा गएको विद्यालय कर्मचारी टोलीले नगरप्रमुख पाण्डेलाई माग सहित ध्यानाकर्षण पत्र बुझाएको हो ।

चालु आर्थिक वर्षमा स्थानिय सरकारले विद्यालय कार्यालय सहयोगी र वालविकास शिक्षकहरुको सात हजार थप गरी पारिश्रमीक लागु गरेपनि आफुहरुको एक हजार पाँच सय मात्रै थप गरिएको भन्दै उनीहरुले आपत्ती जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे