दाङका गुण्डा नाइके विकास पुन ठगी मुद्दामा काठमाडौंबाट पक्राउ



दाङका गुण्डा नाइके विकास पुन ठगी मुद्दामा काठमाडौंबाट पक्राउ

दाङ ३ माघ । दाङका गुण्डा नाइके विकास पुन काठमाडौंमा पक्राउ परेका छन् । पुन ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा काठमाडौंमा पक्राउ परेका हुन् ।

पक्राउ परेका पुनलाई जिल्ला झिकाउन प्रहरीको टोली काठमाडौं पठाइएको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले बताए । पुन विरुद्ध नदीजन्य पदार्थको काममा ५० लाख रुपैयाँ ठगी गरेको भन्दै कपिलवस्तुका तिलक थापाले मद्दा दर्ता गराएका थिए । पुन विरुद्ध परेको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ पुर्जी जारी गरेको थियो ।

पीडित पक्षले पुन विरुद्ध तीन महिनाअघि मुद्दा दर्ता गराएको एसपी काफ्लेले जानकारी दिए । पुनलाई दाङ ल्याएर आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइने उनले बताए ।

उनी कुमार घैंटे समूहका हुन् । कुमार घैंटे प्रहरी इन्काउन्टरमा मारिए पछि पुन दाङमै चन्दा असुलीमा सक्रिय भएका थिए । २०७३ सालमा उनी ज्यान मार्ने उद्योगमा पनि पक्राउ परेका थिए । सोही मुद्दामा दाङ जिल्ला अदालतले पुनलाई ५ वर्ष कैद सजाय तोकेको थियो । पछि उनी सर्वाेच्चमा अपिल गर्न पुगेका थिए । उक्त मुद्दा हाल विचाराधीन छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे