आशाका किरणद्धारा न्यानाे माया कार्यक्रम सुरु : निलसागरमा २८ थान न्यानो कपडा प्रदान
सिसहनियाँ २८ पुस । दाङ देउखुरीको राप्ती गाउँपालिकामा रहेकाे आशाका किरण संस्थाले न्यानाे माया कार्यक्रम सुरु गरेकाे छ । जाडाे माैसममा बालबालिका तथा जेष्ठ नागरिकहरु बढी समस्यामा पर्ने गरेका कारण उनीहरुलाइ माया दिन र जाडाेबाट बचाउन न्यानाे कपडा वितरण गर्न सुरु गरेकाे हाे ।
गरिव तथा अतिविपन्न परिवार र सडक आश्रित मानवहरुलाइ विशेष प्राथामिकतामा राखेर विभिन्न संघ संस्था तथा व्यक्तिहरु सँग सहयाेग माग गरेर साे अभियान सञ्चालन गरेकाे संस्थाका अध्यक्ष सुर्यकिरण केसीले जानकारी दिएका छन् । यसै क्रममा बुधवार राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीमा रहेको निलसागर सेवा आश्रममा न्यानो कपडा बल्याङकेट वितरण गरिएको छ । विभिन्न संघ संस्था तथा व्यक्तिहरुको आर्थिक सहयोगमा आशाका किरण संस्थाले बुधवार आश्रममा पुगेर २८ थान बल्याङकेट प्रदान गरेको हो ।
जाडोको समयमा आश्रममा रहेका सडक आश्रित मानवहरुलाई जाडोबाट बचाउन न्यानो कपडा वितरण गरेको संस्थाका कार्यवाहक अध्यक्ष अशोक बेल्वासेले जानकारी दिएका छन् । मानवीय सेवा स्वरुप संस्थाले सो न्यानो कपडा वितरण गरेको हो ।
हाल आश्रममा २४ जना सडक आश्रित मानवहरु बस्दै आएको संस्थाका अध्यक्ष प्रकाश विष्टले जानकारी दिएका छन् । कार्यक्रममा संस्थाका कार्यवाहक अध्यक्ष अशोक बेल्वासे, संस्थाका सदस्य श्रीधर जिसी, संस्थाका प्रेस संयोजक तथा रेडियो राप्ती÷राप्ती टेलिभिजनका स्टेशन म्यानेजर ओमप्रकाश गुप्ता र संस्थाका शुभचिन्तकहरु रामु रोका, सुरेन्द्र अधिकारी लगायतको सहभागिता रहेको थियो ।


