राप्तीमा मतदाता नामावली संकलनमा सेवाग्राहीलाई सास्ती, समय थप गर्न माग



राप्तीमा मतदाता नामावली संकलनमा सेवाग्राहीलाई सास्ती, समय थप गर्न माग

भालुवाङ १८ पुस । दाङ देउखुरीको राप्ती गाउँपालिकामा आइतबार मतदाता नामावली बनाउन आएका अधिकाशं सेवाग्राहीहरूले पालो नपाए पछि निराश भएर घर फर्केका छन् ।

नाम दर्ता गर्ने अन्तिम दिन आइतबार सेवाग्राहीको सख्या अत्यधिक बढेको थियो । सेवाग्राहीहरु घण्टौ लाइनमा बस्दा समेत पालो नपाएको सेवाग्राहीहरुले गुनासो गरेका छन् ।
विहान १० बजे देखि लाइनमा बसेको भएपनि बेलुका ४ बजे सम्म पालो नआएको एक सेवाग्राहीले दुखेसो पोखेका छन् ।

नाम दर्ताको समय थप नहुँदा सम्म सेवाग्राही गाउँपालिकामै बस्ने भन्दै गाउँपालिकामै राती धर्ना दिएका छन् । गत पुस ४ गते देखि सुरु भएको मतदाता नामावली संकलनमा आइतवार सम्म करिव १ हजार ८ सय ले नाम दर्ता गराएको गाउँपालिकाका सुचना अधिकारी विश्वास विकले जानकारी दिनु भएको छ । यता गाउँपालिकाले समय थप गर्न जिल्ला निर्वाचन कार्यालय सँग माग गरेपनि निर्वाचन कार्यालयले समय थप गर्न नमानेको सुचना अधिकारी विकले बताए ।


यता दाङमा पछिल्लो समय करिब साढे २५ हजार मतदाता थपिएका छन् । फोटो सहितको मतदाता नामावली संकलन जारी रहदा एक महिनाको अबधीमा साढे २५ हजार मतदाता थपिएको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।

दाङमा अहिले दैनिक सरदर ५ सय देखी ९ सय जना सम्मको मतदाता नामावलीमा नाम दर्ता हुुदै आएको कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिनुुभएको छ । जिल्लाका ७ गाउँपालिकामा मतदाता नामावली बिषेश कार्यक्रम सञ्चालन गरिएको थियो ।

त्यसैगरी अहिले प्रदेश निर्वाचन कार्यालय घोराही, जिल्ला प्रशासन कार्यालय घोराही, इलाका प्रशासन कार्यालय तुुलसीपुर र लमहीबाट नियमित मतदाता नामावली संकलनको काम भैरहेको छ ।

तर चुनावको मिति घोषणा नुुहदै नागरिकहरु नामावलीमा नाम दर्ता गराउन आतुुर देखिएका छन् । निर्वाचन कार्यालय, जिल्ला प्रशासन र इलाका प्रशासन कार्यालयमा नागरिकहरुको निकै भिड रहेको छ । गाउँ गाउँबाट गाडी रिजर्ब गरेर नागरिकहरु नाम दर्ता गराउन आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे