दाङका पत्रकार नरेन्द्र केसीलाई मातृशोक



दाङका पत्रकार नरेन्द्र केसीलाई मातृशोक

दाङ २२ मंसिर । पत्रकार नरेन्द्र केसीलाई मातृशोक परेको छ । उहाँको आमा जानकीदेवी केसीको गएराती ११ २३ मा मृत्यु भएको छ । ८७ वर्षीया जानकीदेवीको आफ्नै घर दाङ तुलसीपुर ६ गलौरामा मृत्यु भएको हो ।

उनका आज विहान ११ बजे तुलसीपुर स्थित शीतलपुर घाटमा अन्तिम दाहासंस्कार गरिने प्रेस सेन्टर दाङका अध्यक्ष पाण्ड शर्माले जानकारी दिएका छन् ।

दाङबाट प्रकाशित हुने नयाँ युगबोध राष्ट्रिय दैनिकका सहसम्पादक तथा प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्यसमेत रहनुभएका केसीको आमाको मृत्युप्रति प्रेस सेन्टर लुम्बिनी प्रदेश कमिटीले श्रद्धाञ्जली व्यक्त गरेको छ ।

प्रदेश कमिटीका अध्यक्ष मानसिंह विश्वकर्मा र प्रमुख सचिव भुपेन्द्र वलीले शोक वक्तव्य जारी गर्दै जानकीदेवी प्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ भने परिवार तथा आफन्तजनमा समवेदना प्रकट गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे