नागरिक समाज देउखुरीको कार्यवाहक अध्यक्षमा प्रकाश खनाल चयन



नागरिक समाज देउखुरीको कार्यवाहक अध्यक्षमा प्रकाश खनाल चयन

लमही १७ मंसिर । नागरिक समाज देउखुरीको बैठक शुक्रवार लमहीमा सम्पन्न भएको छ ।

समाजका अध्यक्ष दामोदर भण्डारीको अध्यक्षता एवम् नागरिक समाज दाङका उपसंयोजक निमबहादुर थापाको प्रमुख आतिथ्यतामा बसेको बैठकले वर्तमान संयोजक भण्डारी देश बाहिर जान लागेकाले उनले दिएको राजिनामा स्वीकृत गरी कार्यवाहक संयोजकको जिम्मेवारी प्रकाश खनाललाई दिने निर्णय गरेको छ ।

त्यसै गरी बैठकले समाजको निर्देशिका २०६२ लाई संशोधन गरी २०७८ पारित गर्ने निर्णय गरेको छ । त्यसै गरी बैठकले लमही नगरपालिकामा पालिका स्तरीय नागरिक समाज गठन गर्न दामोदर पाण्डेको संयोजकत्वमा ५ सदस्यीय आयोजक समिति गठन गरिएको छ । जसका सदस्यहरुमा पिताम्बर शर्मा, शशिधर ज्ञवाली, नेत्रसिंह ठकुरी र ईश्वरीलाल सुवेदी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे