देउखुरीमा बसको ठक्करबाट एक बालकको घटना स्थलमै मृत्यु



देउखुरीमा बसको ठक्करबाट एक बालकको घटना स्थलमै मृत्यु

लमही २६ असोज । बसको ठक्करबाट दाङ देउखुरीको लमहीमा एक बालकको घटना स्थलमै ज्यान गएको छ ।

चितवनबाट बर्दिया तर्फ जाँदै गरेको ना ७ ख ३१७९ नम्बरको बसले पुर्ब पश्चिम राजमार्ग अन्र्तगत लमही नगरपालिका वडा नम्बर ३ को अर्नहवा नजिक ठक्कर दिदा राप्ती गाउँपालिका वडा नम्बर ६ सगरापुर निवासी सन्दीप चौधरीका ४ बर्षिया छोरा दुर्गाप्रसाद चौधरीको घटना स्थलमै मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी सहायक निरिक्षक पुरन मल्लले जानकारी दिएका छन् ।

ठक्कर दिने बसलाई वडा प्रहरी कार्यालय लमहीले आफ्नो नियन्त्रणमा लिएको छ भने मृतकका आफन्तहरुले अहिले पुर्ब पश्चिम राजमार्ग अबरुद्ध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे