आज दशैँकाे पाँचाैं दिन, स्कन्दमाता र कात्यायनी भगवतीको पूजा आराधना गरिँदै



आज दशैँकाे पाँचाैं दिन, स्कन्दमाता र कात्यायनी भगवतीको पूजा आराधना गरिँदै

काठमाण्डाै २५ असाेज । शक्तिपीठ, देवीमन्दिर तथा घरघरका पूजाकोठाहरुमा आज स्कन्दमाता र कात्यायनी भगवतीको पूजा आराधना गरिँदै छ। नवदुर्गाको पाँचाैं दिनमा शक्ति स्वरुपा देवी स्कन्दमाताको पूजाआराधना गरिन्छ भने असोज शुक्ल षष्ठी तिथिमा शक्तिस्वरुपा देवी कात्यायनीको पूजा गरिन्छ ।

स्कन्दमाता भवानीको उपासना एवं आराधना गर्नाले सबै प्रकारको इच्छा पूर्तिको हुने शास्त्रीय कथन रहेको छ । यस्तै, कात्यायनीलाई साहसको प्रतीक मानिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्मको १५ दिनलाई दुर्गा पक्ष पनि भनिन्छ ।

यो पक्षको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गर्ने गरिन्छ । आसुरी एवं राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाएकाले समस्त मानव जातिले नै दुर्गादेवीको पूजा आराधना गर्ने शास्त्रीय मान्यता छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे