दाङमा २ लाख बढि नगद सहित १३ जना जुवाडे पक्राउ



दाङमा २ लाख बढि नगद सहित १३ जना जुवाडे पक्राउ

दाङ २४ असोज । दाङमा १३ जना जुवाडे नगद सहित पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा घोराही ९ बस्ने ५५ बर्षिय दुर्गा बहादुर घर्ति, सोहि ठाउँ बस्ने ४१ बर्षिय पुस्कर केसी, ५५ बर्षिय होम बहादुर केसी, ५८ बर्षिय मनविर चौधरी, ५८ चिल्लु चौधरी, ३१ बर्षिय कालिचरण चौधरी, ४१ बर्षिय कमल चौधरी, ५४ बर्षिय गिर बहादुर विक, ४९ बर्षिय कुमार केसी, ३३ बर्षिय गोविन्द जिसी, २५ बर्षिय कर्ण बहादुर विश्वकर्मा, २० बर्षिय सन्दिप चौधरी र ३४ बर्षिय विष्णु चौधरी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता एवं डिएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिए ।

उनीहरुको साथबाट दुई लाख सात हजार तिन सय पाँच रुपैया नगद,दुई गड्डी तास बरामद गरिएको उहाले जानकारी दिए । घोराही ९ दुविचौर बस्ने श्यामलाल चौधरीको घरमा जुवा खेलिरहेको अवस्थामा गएराती १ बजे उनीहरुलाई पक्राउ गरिएको हो । गोप्य सुचनाको आधारमा गएको प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको डिएसपी रिजालले जानकारी दिए ।पक्राउ परेका जुवाडेहरु माथी आवश्यक अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे