देशभर आइतबार थप ६,७९ जनामा कोरोना सङ्क्रमण पुष्टि, १,०४५जना सङ्क्रमणमुक्त, ७ जनाकाे मृत्यु



देशभर आइतबार थप ६,७९ जनामा कोरोना सङ्क्रमण पुष्टि, १,०४५जना सङ्क्रमणमुक्त, ७ जनाकाे मृत्यु

काठमाण्डाै १६ असाेज । देशभर आइतबार थप ६ सय ७९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १० हजार ९ सय २० जनाको नमुना परीक्षण गर्दा ६ सय ७९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आइतबार परीक्षण गरिएका नमुनामध्ये ६ दशमलव २१ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको हो ।  आइतबार थपिएका सहित पीसीआर विधिबाट गरिएको परीक्षणमा ७ लाख ९७ हजार १ सय ९२ जना र एन्टिजेन विधिबाट गरेको परीक्षणमा ९२ हजार ३४ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै आइतबार थप १ हजार ४ सय ५ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ७ लाख ६९ हजार २ सय २४ जना पुगेको छ । यही अवधिमा थप ७ जनासहित कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार १ सय ६४ पुगेको छ ।

अहिले नेपालमा १६ हजार ८ सय ४ जना सक्रिय सङ्क्रमित रहेकामा ३ सय ३७ जनाको आईसीयू र १ सय ४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । यसैबीच  आइतबार थप २६ हजार ४ सय १९ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

योसहित नेपालमा पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या ६३ लाख ५२ हजार ३ सय २२ र एक मात्रा खोप लगाउनेको सङ्ख्या ७७ लाख १६ हजार ९ सय ८५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे