नेपाली कांग्रेस राप्तीको पहिलो बैठक सम्पन्न, पार्टीलाई सुदृढ, सवलीकरण र चलायमान बनाइने



नेपाली कांग्रेस राप्तीको पहिलो बैठक सम्पन्न, पार्टीलाई सुदृढ, सवलीकरण र चलायमान बनाइने

भालुवाङ १३ असोज । नेपाली कांग्रेस राप्ती गाउँपालिकाको नवनिर्वाचित पदाधिकारीहरुको पहिलो बैठक बुधवार सम्पन्न भएको छ । नव निर्वाचित सभापति विद्याशरण चौधरीको अध्यक्षतामा बसेको पदाधिकारीहरुको बैठकले पार्टीलाई चलायमान गराउदै पार्टीको सुदृढिकरण र सवलीकरणका लागि आठ विषयमा निणर्य गरेको छ ।

बैठकले पालिका तथा वडा स्तरको सर्बसम्मत रुपमा पदाधिकारी चयनमा सहयोग पुराउने सबैलाई धन्यवाद ज्ञापन गरेको छ । पार्टीको विधान अनुरुप जिम्मेवारी प्रदानका लागि सभापतिले प्रस्ताव गरे बमोजिम सर्बसम्मत रुपमा वडा नम्बर १ का पुर्णजंग रेश्मी मगरलाई नेपाली कांग्रेस राप्ती गाउँपालिकाको कोषाध्यक्ष, सचिव तिर्थराज ज्ञवालीलाई पार्टीको प्रबक्ता तथा बलराम शाहीलाई सदस्यमा मनोनित गरेको छ ।

पार्टीका सम्पुर्ण वडा सभापतिहरुको समेत सहभागीता रहको बैठकले वडा नम्बर ४ मा स्थापना गरिएको पार्टी कार्यालय असोज २१ गते उद्घाटन गर्ने निणर्य गरेको छ । हरेक महिनाको दोस्रो शनिवार नियमित बैठक बस्ने निणर्य गर्दै कोष स्थापना, सञ्चालन र ब्यवस्थापनका लागि सभापति विद्याशरण चौधरी, सचिव चैनकुमार चौधरी र कोषाध्यक्ष पुर्णजंग रेश्मी मगरलाई बैक खाता सञ्चालनका लागि जिम्मेवारी प्रदान गरेको छ ।

बैठकमा उपसभापति श्यामा रावतले स्वागत तथा वडा सभापति पदमबहादुर पु्न, युवराज भुसाल, श्रीधर खत्री, पोमलाल गिरी, चुडामणी पोख्रेल, विरबहादुर चौधरी र तेजबहादुर कार्कीले अधिबेशनको समिक्षाको साथै आगामी योजनाका बारेमा जानकारी गराउनु भएको थियो । बैठकले आगामी असोज २१ गते विजयादशमीको अवसरमा राप्ती गाउँपालिका वडा नम्बर ५ को खौराहा बाबा पर्यटकीय क्षेत्रमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमको आयोजना गर्ने निणर्य समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे