देउखुरीबाट सालका ३ थान गोलिया र २ थान चिरान काठ सहित ३ जना पक्राउ



देउखुरीबाट सालका ३ थान गोलिया र २ थान चिरान काठ सहित ३ जना पक्राउ

लमही १२ असाेज । दाङकाे देउखुरीबाट सालका ३ थान गोलिया र २ थान चिरान काठ ३ जना पक्राउ परेका छन । लमही नगरपालिका वडा नम्बर ७ उचानिम्बु सामुदायिक बन क्षेत्र भित्र सालको गोलिया चिरान गरिरहेको अबस्थामा मँगलबार बिहान ३ जना पक्राउ परेका हुन ।

बन कार्यालयको गस्ती टोलीले उनीहरुलाई रँगे हात पक्राउ गरेको डिभिजन बन कार्यालय देउखुरीका डिभिजन बन अधिकृत बेसिन्द्र राज सुवेदीले बताए ।  चिरान गर्दै गरेको स्थानमा ४ वटा सालका रुख पनि ढालिएको छ ।

उनीहरुले मङ्गलबार ढालिएको रुख चिरान गर्दै थिए । उनिहरुको साथबाट १२.२५ क्युफिट गोलिया फेला परेको छ । अन्य ३ वटा रुखका काठहरु फेला पार्न नसकेपनि रुख ढालेर काठ गायब गर्नेमा उनिहरुकै सँलग्नता रहेको हुन सक्ने डिभिजन बन कार्यालय देउखुरीका सहायक बन अधिकृत छोटेलाल चौधरीले अनुमान गरे ।

पक्राउ पर्नेहरुमा लमही नगरपालिका वडा नम्बर ७ उचानिम्बु निवासी राज बहादुर चौधरी, कृष्ण कुमार चौधरी र शरद चौधरी रहेका छन् । उनिहरुलाई अनुसन्धान तथा म्याद थपका लागी जिल्ला बन कार्यालयमा उपस्थित गराउने तयारी थालिएको सहायक बन अधिकृत चौधरीले बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे