सशक्त सञ्चारकर्मी पुरस्कार केसी र युवा पत्रकारिता पुरस्कार बस्नेतलाई



सशक्त सञ्चारकर्मी पुरस्कार केसी र युवा पत्रकारिता पुरस्कार बस्नेतलाई

दाङ ७ असोज । प्रेस काउन्सील नेपालले नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष एवं कान्तिपुर दैनिकका उपसम्पादक दुर्गालाल केसीलाई यस बर्षको सशक्त सञ्चारकर्मी पुरस्कार प्रदान गरेको छ । काउन्सीलको ५२ औं स्थापना दिवसको अवसरमा  बुधबार राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा राष्ट्रपति बिद्यादेवी भण्डारीले उक्त पुरस्कार प्रदान गरेका हुन् । यसैगरी नागरिक दैनिकका दाङ संवाददाता देवेन्द्र बस्नेतले युवा पत्रकारिता पुरस्कार प्राप्त गरेका छन् ।

राप्ती साहित्य परिषद्ले प्रकाशन गर्दै आएको अन्र्तध्वनीले साहित्यिक पत्रकारिता पुरस्कार प्राप्त गरेको छ । पत्रिकाका सम्पादक पुरुषोत्तम खनालले उक्त पुरस्कार ग्रहण गरेका थिए । यसैगरी गोपालदास पत्रकारिता पुरस्कार भारतदत्त कोइराला र सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार बद्रिबिनोद खनाललाई प्रदान गरिएको छ । महिला, युवा, भाषागत लगाएतका अन्य पुरस्कारहरु पनि बिभिन्न पत्रकारहरुलाई प्रदान गरिएको छ । पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले पत्रकारितालाई मर्यादित बनाउन काउन्सीलकोे भूमिकालाई अझ सशक्त बनाउनुपर्ने बिचार व्यक्त गरेकी थिइन् ।

कार्यक्रममा कानून, न्याय तथा संसदीय मामिला मन्त्री एवं नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले पुरस्कृत सबै पत्रकारहरुलाई बधाई ज्ञापन गरेका थिए । उनले अहिले जिम्मेवार र अनुशासित पत्रकारिताको आबश्यकता रहेको धारणा व्यक्त गरे । काउन्सीलका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारितालाई मर्यादित बनाउन काउन्सीलले सशक्त भूमिका खेल्दै आएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे