देशभर शनिबार थप ९९४ जनामा काेराेना संक्रमण पुष्टि, १,३६८ जना संक्रमणमुक्त, १२ जनाकाे मृत्यु



देशभर शनिबार थप ९९४ जनामा काेराेना संक्रमण पुष्टि, १,३६८ जना संक्रमणमुक्त, १२ जनाकाे मृत्यु

काठमाण्डाै २६ भदाै । देशभर शनिबार कोरोना संक्रमण पुष्टि हुनेको संख्या एक हजार भन्दा तल झरेको छ । पीसीआर र एण्टिजेन गरी ९ हजार ८ सय ४० जनामा काेराेना परीक्षण गर्दा जम्मा ९ सय ९४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा दोस्रो लहर सुरु भएपछि पहिलोपटक दैनिक थपिनेको संख्या एक हजार भन्दा तल झरेको हो । २४ घण्टामा परीक्षण गरिएकामध्ये १० दशमलव १० प्रतिशतमा मात्रै संक्रमण देखिएको छ । नेपालमा अहिलेसम्म सङ्क्रमित हुनेकाे सङ्ख्या ८ लाख ६२ हजार नौ सय ४६ जना पुगेको छ ।

यस्तै शनिबार १ हजार ३ सय ६८ जना निको भएसँगै संक्रमणमुक्त हुनेको संख्या ७ लाख ३८ हजार ३४ जना पुगेको छ । थप १२ जनाले ज्यान गुमाएसँगै संक्रमणका कारण ज्यान गुमाउनेको सख्या १० हजार नौ सय ३६ जना पुगेको छ । नेपालमा अहिले २७ हजार ३ सय ५५ जना सक्रिय संक्रमित रहेकोमा ४ सय ५६ जनाको आईसीयू र १ सय २२ जनाको भेण्टिलेटरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे