प्रतिस्थापन विधेयक : चालु आर्थिक वर्षका लागि १६ खर्ब ३२ अर्ब ८३ कराेडकाे बजेट पेस



प्रतिस्थापन विधेयक : चालु आर्थिक वर्षका लागि १६ खर्ब ३२ अर्ब ८३ कराेडकाे बजेट पेस

काठमाण्डाै २५ भदाै । सरकारले आज प्रतिस्थापन विधेयकमार्फत नयाँ बजेट ल्याएको छ । चालु आर्थिक वर्षको बजेटलाई परिमार्जन गर्दै सरकारले १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेटको प्रतिस्थापन विधेयक ल्याएको हो ।

बैठक तथा भ्रमण भत्ता र तालिमका लागि छुट्याएको बजेट कटौती गरी बचत भएको पाँच अर्ब रुपैयाँ कोरोना खोपका लागि छुट्याइएको अर्थ मन्त्री जनार्दन शर्माले जानकारी दिए ।  साथै सरकारले क्यान्सर एवम् मिर्गाैलाका गम्भीर रोग भएका र गम्भीर मेरुदण्ड पक्षघात भएका बिरामीलाई मासिक पाँच हजार रुपैयाँ भत्ता दिने घोषणा गरेको छ ।

संसदमा बजेट अध्यादेशको प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थ मन्त्री शर्माले यस्ता गम्भीर रोगका बिरामीलाई पाँच हजार रुपैयाँ भत्ता उपलब्ध गराउने घोषणा गरेका हुन् ।  नेकपा एमालेको अवरोधकाबीच अर्थ मन्त्री जनार्दन शर्माले प्रतिनिधि सभामा विनियोजन विधेयक पेस गर्नुभएको हो ।

आज बसेको प्रतिनिधि सभाको तेस्रो बैठकमा अर्थ मन्त्री शर्माले विनियोजन विधेयक पेस गरे । अर्थ मन्त्री शर्माले संयुक्त सरकारको नीति तथा कार्यक्रम कार्यान्वयनका लागि प्रतिस्थापन विधेयक ल्याएको बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे