न्युजिल्यान्डसँगको टी–२० शृङ्खला बङ्गलादेशलाई



न्युजिल्यान्डसँगको टी–२० शृङ्खला बङ्गलादेशलाई

काठमाण्डौ २३ भदाै । न्युजिल्यान्डसँगको टी–२० शृङ्खला बङ्गलादेशले जितेको छ । आज भएको चौथो खेल ६ विकेटले जितेसँगै पाँच खेलको शृङ्खला बङ्गलादेशले एक खेलअघि नै तीन–एकले जितेको हो ।

आज ढाकाको शेर ए बङ्गला स्टेडियममा न्युजिल्याण्डले दिएको ९४ रनको लक्ष्य बङ्गलादेशले पाँच बल अगाडि मात्रै चार विकेट गुमाएर भेटायो । बङ्गलादेशको जितमा मोहम्दुुल्लाहले सर्वाधिक ४३ रन बनाए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्ड १९ ओभर ३ बलमा अलआउट भयो । उसका लागि विल योङले सर्वाधिक ४६ रन बनाए । बङ्गलादेशका लागि मुस्ताफिजुर रहमान र नसुम अहमदले ४/४ विकेट लिए । यसअघि अस्ट्रेलियासँग भएको शृङ्खला जितेको बङ्गलादेश राम्रो लयमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे