राप्तीको राष्ट्रिय वन क्षेत्रमा अनाधिकृत रुपमा बनाइएका संरचना १५ दिन भित्र हटाउन निर्देशन



राप्तीको राष्ट्रिय वन क्षेत्रमा अनाधिकृत रुपमा बनाइएका संरचना १५ दिन भित्र हटाउन निर्देशन

भालुवाङ २२ भदौ । डिभिजन वन कार्यालय देउखुरी दाङले राप्ती गाउँपालिकाको वडा नम्बर २ र ३ को ४ किल्ला भित्र पर्ने राष्ट्रिय वन क्षेत्र अतिक्रमण गरी बनाइएका घर, टहरा, छाप्रा, टौवा १५ दिन भित्र हटाउन सुचना जारी गरेको छ ।

विगत वर्ष देखि उक्त वन क्षेत्र भित्र अतिक्रमण गरी अनाधिकृत रुपमा बनाइएका संरचना हटाउन वन कार्यालयले सुचना जारी गरेको हो । सो समय भित्र ती घर टहरा नहटाए वन ऐन २०७६ को दफा ४९ (ग) को कसुरमा सोही ऐन दफा ५० (३) बमोजिम सजाय हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे