देउखुरीमा अवैध सालको काठ सहित राप्तीका २ र गढवा १ जना पक्राउ



देउखुरीमा अवैध सालको काठ सहित राप्तीका २ र गढवा १ जना पक्राउ

लमही ११ भदौ । देउखुरीमा काठ चोरी निकासी गर्नेहरु धमाधम पक्राउ परिरहेका छन् ।  शुक्रबार बिहान करिब ३ बजेको समयमा डिभिजन वन कार्यालय दाङ (देउखुरी) लमहीले ५३.८९ क्युफिट अवैध सालको काठ सहित तीन जनालाई पक्राउ गरेको छ ।

गएराती करिब तीन बजे क्रकहवाबाट लमही तर्फ जादै गरेको लु २ च ७७४१ नम्बरको पिकअप जिपमा १७ थान चिरानको ५३.८९ क्युफिट अवैध सालको काठ ल्याउने क्रममा इलाका प्रहरी कार्यालय गढवाले नियन्त्रणमा लिइ शुक्रबार डिभिजन वन कार्यालय दाङ (देउखुरी) लमहीलाई बुझाएको हो ।

पक्राउ पर्नेमा गढवा गाउँपालिका वडा नम्बर ४ खड्कपुर निवासी २४ वर्षिय साहीद मुसलमान, राप्ती गाउँपालिका वडा नम्बर ५ कालापानी निवासी २६ वर्षिय प्रदिपकुमार चौधरी र सोही पालिका वडा नम्बर ८ पिपरा निवासी ३७ वर्षिय बिनोद चौधरी रहेको डिभिजन वन कार्यालय दाङ देउखुरी लमहीका सुचना अधिकारी प्रेमीलाल प्रसाद साहले जानकारी दिए । पक्राउ पर्नेकाहरु माथि आवश्यक कार्वाहीको लागि थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे