आज आइपुग्दै चीनसँग खरिद गरिएको खोपमध्ये आठ लाख डोज नेपाल



आज आइपुग्दै चीनसँग खरिद गरिएको खोपमध्ये आठ लाख डोज नेपाल

काठमाण्डौ २ भदौ । चीनबाट आज आठ लाख डोज भेरोसेल खोप नेपाल आइपुग्ने भएको छ। चीनसँग खरीद गरिएको ६० लाख डोज खोपमध्ये आज र भोलि गरी १६ लाख डोज भेरोसेल खोप नेपाल आउन लागेको हो ।

नेपालले चीनसँग यसअघि ४० लाख डोज भेरोसेल खोप खरिद गरिसकेको छ। स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका अनुसार चीनबाट दुई दिनमा १६ लाख डोज खोप आउनेछ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे