दाङकाे पातुखोलामा एक पुरुष मृत फेला



दाङकाे पातुखोलामा एक पुरुष मृत फेला

तुलसीपुर २५ साउन । तुलसीपुरको पातुखोलामा एक पुरुष मृत फेला परेको प्रहरीले बताएको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार तुलसीपुर ८ टिकरीका ४५ बर्षिय चुलुवा चौधरी पातुखोलामा मृत फेला पर्नुभएको हो। घर नजिकै पातुखोलामा गएराती नुहाउन जानु भएका चौधरीको राती नै शव फेला परेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिए ।

उनका अनुसार चौधरीले नुहाउने क्रममा पातुखोलामा आएको बाढिले बगाएको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । मृतक चौधरीको शवलाई पोष्टमाटम पछि आफन्तीले बुझिलिएको उनले जानकारी दिए ।घटनाको बारे आबश्यक अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे