भूमि आयाेग खारेजीकाे निर्णय बदर गर्न माग गर्दै सर्वाेच्चमा रिट



भूमि आयाेग खारेजीकाे निर्णय बदर गर्न माग गर्दै सर्वाेच्चमा रिट

काठमाण्डाै २२ साउन ।  सरकारले भूमि आयोग खारेज गरेको विरोधमा सर्वाेच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । भूमि आयोग खारेजीको विरोधमा अधिवक्ता प्रवेश केसीले आज शुक्रवार दिउँसो सर्वाेच्चमा रिट दर्ता गराउनुभएको हो ।

सरकारले संवैधानिक एवम् कानुनी दायित्व बोकेका आयोगलाई कर्तव्य सम्पन्न नहुँदै हचुवाको भरमा खारेज गर्न नमिल्ने रिट निवेदनमा उल्लेख छ । यस्तै सरकारको निर्णयले भूमिसम्बन्धी मौलिक हकको उल्लङ्घन भएको भन्दै निर्णय बदर गर्न माग गरिएको छ ।

यो रिटको पेसी साउन २५ गते सोमवारका लागि तोकिएको सर्वाेच्चले जनाएको छ । गएको साउन १९ गते मङ्गलवार मन्त्रिपरिषद् बैठकले भूमि आयोग खारेज गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे