आज पश्चिमी क्षेत्रका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना



आज पश्चिमी क्षेत्रका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना

काठमाण्डौ १७ साउन । आज पश्चिमी क्षेत्रका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा आज ठूलो वर्षाको सम्भावना रहेको मौसमविद् सजिना शाक्यले बताए  । उनका अनुसार देशका अन्य प्रदेशमा भने हल्कादेखि मध्यमखालको वर्षा हुनेछ।

प्रदेश-१ मा अहिले पनि पानी परिरहेको मौसमविद् शाक्यले बताउनुभयो । यस्तै, वाग्मती प्रदेशमा भने दिउँसो पछि पानी पर्ने सम्भावना छ । भारतको उत्तर प्रदेशमा रहेको न्यूनचापीय प्रणालीको प्रभावका कारण नेपालमा मनसुन थप सक्रिय भएको छ । अब एक/दुई दिन नै पानी पर्ने मौसमविद्ले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे