दाङमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि



दाङमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि

दाङ २८ असार । दाङमा आज थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा ६० जनाको पिसिआर परिक्षण गर्दा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेहरुमा घोराहीका ७, तुलसीपुरका ४ र राप्तीका र शान्तीनगरका १-१ जना रहेका छन् । यो सँगै अहिले दाङमा सकृय बिरामीको संख्या १ सय ३९ जना रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ ।

ति मध्य होम आईसोलेसनमा १ सय १४ जना, संस्थागत आईशोलेसनमा २५, आईसियुमा ६ जना र सामान्यमा १९ जना रहेका छन् । वैशाखयता कुल संक्रमितको संख्या ८ हजार १९५ जना रहेको छ ।

यस्तै वितेको २४ घण्टामा दाङका ११ जना कोरोना मुक्त भएका छन् । यो संगै बैशाख यता जिल्लामा ७ हजार ८ सय ५१ जनाले कारोनालाई जितेका छन् ।  जसमा घोराहीका ९ जना, दंगिशरणका २ जना रहेका छन् । आज थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही १३ का ६७ बर्षिय पुरुष रहेका छन् । जिल्लामा वैशाखयता २ सय ५ जनाको कोरोनाका कारण मृत्यु भएको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे