गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले शुक्रबार विश्वासको मत लिदै



गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले शुक्रबार विश्वासको मत लिदै

काठमाण्डौ २ असार । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले शुक्रबार विश्वासको मत लिने भएका छन् । संविधानको धारा १ सय ६८ को ५ बमोजिम गण्डकी प्रदेश प्रमुख सीता पौडेलले २९ जेठमा पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन् ।

संविधानमा मुख्यमन्त्रीले शपथ लिएको ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्ने व्यवस्था छ । अब शुक्रबारको बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने गण्डकी सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे