मनाङको ताल गाउँ र चामे बजार डुबानमा, ३२ किलोवाटको लघु जलविद्युत् गृह पनि बाढीले बगायो



मनाङको ताल गाउँ र चामे बजार डुबानमा, ३२ किलोवाटको लघु जलविद्युत् गृह पनि बाढीले बगायो

मनाङ १ असार । लगातारको वर्षासँगै आएको बाढीले मनाङको ताल गाउँ र चामे बजार डुबानमा परेको छ । मर्स्याङ्दी नदी छेउमा रहेका ताल गाउँका ६० घरमध्ये ५० घर डुबानमा परेकाे र अन्य घर पनि जोखिममा रहेकाे मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए ।

प्रजिअ लामिछानेका अनुसार बाढीका कारण विस्थापित भएकाहरूलाई सुरक्षित ठाउँमा सार्ने काम भइरहेको छ । विस्थापितहरूलाई कारागारका लागि बनेर बनाइएको नवनिर्मित भवनमा राखेका छौँ उनले भने ।

उनका अनुसार मर्स्याङ्दी नदीमा पानीको बहावले खतराको सतह पार गरेको छ, बाढीमा फसेकाहरूको उद्दारका लागि प्रहरीको टोली खटाइएको छ ।  वर्षाका कारण चामेको नयाँ बजार नजिकैको घट्टेखोला बढेर बस्तीभित्र बाढी पसेको छ । यस्तै बाढीले तिमाङ खोलाको बेलिब्रिज पनि बगाएको छ ।

बाढीले तिमाङ खोलामै रहेको ३२ किलोवाटको लघु जलविद्युत् गृह पनि बगाएको छ । अहिले त्यहाँ बिजुली बत्तीको आपूर्ति ठप्प भएको छ । बाढीले पक्की पुलमा समेत नोक्सानी गरेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे