इङ्लिस प्रिमियर लिग फुटबलमा लिभपुरपुलले म्यानचेस्टर युनाइटेडलाई हरायो



इङ्लिस प्रिमियर लिग फुटबलमा लिभपुरपुलले म्यानचेस्टर युनाइटेडलाई हरायो

काठमाण्डाै ३१ वैशाख । इङ्लिस प्रिमियर लिग फुटबलमा लिभपुरपुलले म्यानचेस्टर युनाइटेडलाई हराएको छ । गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेड लिभरपुलसँग ४–२ गोल अन्तरले पराजित भएको हो । कडा सुरक्षाकाबीच खेल भएको थियो । यस अघि म्यानचेस्टर युनाइटेडका समर्थकले लिभरपुलविरुद्ध मैदानभित्र नै पसेर क्लबका मालिक ग्लेजर परिवारविरुद्ध नाराबाजी गरेपछि खेल स्थगित भएको थियो ।

जितपछि पाँचौ स्थानमा रहेको लिभरपुलको ६० अंक छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडको ३६ खेलबाट ७० अंक छ । शीर्ष स्थानको म्यानचेस्टर सिटीको ८० अंक छ । प्रिमियर लिगको उपाधि सिटीले सुनिश्चित गरिसकेको छ । यस्तै गएराति भएकै अर्को खेलमा एस्टोन भिल्ला र इभर्टनले गोलरहित बराबरी खेलेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे