नेपाल सुपर लिग फुटबलमा आजदेखि प्ले अफका खेल सुरु हुँदै



नेपाल सुपर लिग फुटबलमा आजदेखि प्ले अफका खेल सुरु हुँदै

काठमाण्डाै २८ बैशाख । नेपाल सुपर लिग एनएसएल फुटबलमा आजदेखि प्ले अफका खेल सुरु हुँदैछन् । प्ले अफको पहिलो खेलमा आज बेलुकी साढे पाँच बजे काठमाण्डौ रेजर्स र धनगढी एफसी खेल्दैछन् । काठमाण्डौ ६ खेलमा चार खेल जित्दै १३ अंक बटुलेर अन्तिम चारमा पुगेको हो भने धनगढी १० अंकका साथ दोस्रो स्थानमा छ ।

लिग चरणको खेलमा धनगढीले काठमाण्डौलाई ३–० गोलले हराएको थियो । आज जित्ने टोली सिधै फाइनलमा पुग्नेछ । हार्ने टोलीले भने बुटवल लुम्बिनी र ललितपुर सिटीबीचको विजेतासँग इलिमिनेटरमा खेल्नेछ । प्रतियोगिताको विजेताले ३५ लाख र उपविजेताले १५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडीले जनही १ लाख रुपैयाँ पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे