कोरोना सङ्क्रमणका कारण सङ्घीय संसद् सचिवालयका एक उपसचिवको ज्यान गयाे



कोरोना सङ्क्रमणका कारण सङ्घीय संसद् सचिवालयका एक उपसचिवको ज्यान गयाे

काठमाण्डाै २४ बैशाख । कोरोना भाइरस सङ्क्रमणका कारण सङ्घीय संसद् सचिवालयका एक उपसचिवको ज्यान गएको छ । सचिवालयको कानुन शाखामा कार्यरत उपसचिव कृष्णबहादुर खनालको उपचारका क्रममा शहीद मेमोरियल अस्पतालमा ज्यान गएको संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए ।

संसद् सचिवालयले गएकाे बुधवार सांसद र कर्मचारीको पीसीआर परीक्षण गर्ने क्रममा खनालले पनि स्वाब दिएका थिए । उनको रिपोर्ट पोजेटिभ आएको थियो । खनाल लामो समयदेखि बिरामी रहेको पनि पाण्डेले बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे