LISTEN LIVE RADIO

लुम्बिनीमा मध्ये असारसम्म ११ प्रतिशत रोपाई, समयमै पानी नपर्दा ११.०९ प्रतिशत मात्रै रोपाई



लुम्बिनीमा मध्ये असारसम्म ११ प्रतिशत रोपाई, समयमै पानी नपर्दा ११.०९ प्रतिशत मात्रै रोपाई

भालुवाङ १५ असार । आज असार १५ अर्थात् मानो रोपेर मुरी उब्जाउने दिन । मानो रोपेर मुरी उब्जाउने महिना भएपनि वर्षा नहुँदा किसान चिन्तित बनेका छन् । आधाअसार विते पनि लुम्बिनी प्रदेशमा धान रोपाईको अवस्था भने निराशाजनक देखिन्छ ।

प्रदेशमा अहिलेसम्म करिब ११ प्रतिशतमात्रै रोपाई भएको कृषि तथा भूमि मन्त्रालयका प्रवक्ता अनिल मरासीनिले जानकारी दिए । ‘यस वर्ष समयमै वर्षा नहुँदा प्रदेशमा धान रोपाई निकै कम मात्रामा भएको छ । समयमै वर्षा भएको भए अहिले ५० प्रतिशतको हाराहारिमा रोपाईँ हुन्थ्यो । तर, पानी नपर्दा ११.०९ प्रतिशत मात्रै रोपाई भएको छ ।’– प्रवक्ता मरासिनीले भने । समयमै वर्षा नहुँ दाधान उत्पादनमा गिरावट आउन सक्ने देखिएको छ । गत वर्ष यहि अवधीमा करिब ३२.७१ प्रतिशित रोपाई भएको थियो । अहिले गत वर्षको भन्दा २१.६२ प्रतिशतले कम रोपाई भएको हो ।

कृषि तथा भूमि व्यवस्था मन्त्रालयका अनुसार लुम्बिनी प्रदेशमा धान रोपाई हुने ३ लाख ११ हजार ४२ हेक्टर क्षेत्रफलमध्ये अहिलेसम्म ३४ हजार ४८३ हेक्टर क्षेत्रफलमा मात्रै रोपाई भएको छ । कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयका प्रवक्ता अनिल मरासीनिका अनुसार प्रदेशमा सबै भन्दा धेरै धान रोपाई कपिलबस्तु र सबै भन्दा कम रुकुम पूर्वमा हुन्छ ।

धान उत्पादन हुने मुख्य जिल्ला दाङमा ८ प्रतिशत, कपिलवस्तुमा ७० हजार ७० हेक्टर क्षेत्रफलमा धान रोपाईँ हुन्छ भन्ने रुकुम पूर्वमा १ हजार ४१९ हेक्टर क्षेत्रफलमा धान रोपाई हुन्छ । जसमध्ये कपिलवस्तुमा ४ हजार २०४ हेक्टर क्षेत्रफल अर्थात धान रोपाई हुने क्षेत्रफलको ६ प्रतिशत रोपाई भएको छ भने रुकुम पूर्वमा ८ सय ५८ हेक्टर अर्थात ६०.५ प्रतिशत क्षेत्रफलमा रोपाईँ सकिएको छ । यस्तै रुपन्देहीमा ८ प्रतिशत रोपाई सकिएको छ । रुपन्देहीमा धान उत्पादन हुने ६३ हजार ४९७ हेक्टर क्षेत्रफलमध्ये ५ हजार ८० हेक्टरमा रोपाईँ भएको छ ।

यस्तै  बर्दियामा १० प्रतिशत रोपाई सकिएको छ । दाङ जिल्लामा धान रोपाई हुने कुल ३७ हजार ४३० हेक्टर क्षेत्रफलमध्ये ४ हजार २९० हेक्टर क्षेत्रफलमा धान रोपाई भइसकेको छ भने बर्दियामा ४९ हजार ३३ हेक्टर क्षेत्रफलमध्ये ४ हजार ९०३ हेक्टरमा अर्थात १० प्रतिशत रोपाईँ सकिएको छ । बाँकेमा धान उत्पादन हुने ३३ हजार हेक्टर क्षेत्रफलमा अहिलेसम्म ४ हजार २७० हेक्टर क्षेत्रफलमा धान रोपाई सम्पन्न भएको छ । जुन धान उत्पादन हुने क्षेत्रफल मध्य १३ प्रतिशत मात्रै हो ।

नवलपरासी पश्च्मिमा धान रोपाई हुने २० हजार ५०० हेक्टर क्षेत्रमध्ये २ हजार ४६० हेक्टर अर्थात १२ प्रतिशत मात्रै रोपाई भएको मन्त्रालयका प्रवक्ता मरासिनीले बताए । लुम्बिनी प्रदेशको पहाडी जिल्लामा सबै भन्दा धेरै धान उत्पादन हुने जिल्ला गुल्मीमा ८.५ प्रतिशत रोपाई सकिएको छ । गुल्मीमा ८ हजार ६७० हेक्टर क्षेत्रफलमा धान रोपाई हुन्छ भने अहिलेसम्म ७३७ हेक्टर क्षेत्रफलमा मात्रै धान रोपाईँ सकिएको छ ।

पाल्पामा ८ सय २१ हेक्टर क्षेत्रफल अर्थात १० प्रतिशत रोपाई सकिएको छ । पाल्पामा यस वर्ष ८ हजार २१० हेक्टर क्षेत्रफलमा रोपाई हुने मन्त्रालयका प्रवक्ता मरासिनीले बताए । यता प्यूठानमा ८० प्रतिशत रोपाई सकिएको छ । अर्घाखाँचीमा १० प्रतिशत रोपाई भएको छ ।

प्यूठानमा ५ हजार २२० हेक्टर क्षेत्रफलमा रोपाई हुँदा अर्घाखाँचीमा ८०५ हेक्टर क्षेत्रफलमा रोपाई सकिएको मन्त्रालयले जनाएको छ । प्यूठानमा ६ हजार ५२५ हेक्टर र अर्घाखाँचीमा ८ हजार ५० हेक्टर क्षेत्रफलमा धान रोपाई हुन्छ । साथै रोल्पामा ४५.५ प्रतिशत रोपाई सकिएको छ । रोल्पामाधान रोपाई हुने ४ हजार ६३८ हेक्टर क्षेत्रफलमध्य २ हजार ११० हेक्टर क्षेत्रफलमा रोपाई सकिएको छ ।

सिँचाईको अभाव र आकाशको पानीमानिर्भर हुँदा गतवर्ष भन्दाधेरै कम मात्रामा धान रोपाई भएको मन्त्रालयका प्रवक्ता मरासिनी बताउँछन् । ‘सिचाईको क्षेत्र बढाउन सकिएको नसक्दा र आकाशे पानीमा नै निर्भर हुनुपर्ने अवस्था छ । यो वर्ष पानी पर्न केही ढिला भयो । यसको असर रोपाईमा पर्यो ।’–उनले भने।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे