LISTEN LIVE RADIO

राप्ती गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र पत्रकारले गरे सामुहिक धान रोपाई



राप्ती गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र पत्रकारले गरे सामुहिक धान रोपाई

भालुवाङ १५ असार । दाङको राप्ती गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र पत्रकारहरुले शुक्रवार सामुहिक धान रोपाई गरेका छन् ।पालिका तथा वडाको काममा व्यस्त रहने जनप्रतिनिधि तथा कर्मचारी र समाचार संकलनमा व्यस्त रहने पत्रकारहरु शुक्रवार भने एकै थलोमा जम्मा भएर धान रोपाई गरेका हुन् । २० औं राष्ट्रिय धान दिवसको अवसरमा राप्ती गाउँपालिका कृषि विकास शाखाको आर्थिक सहयोगमा जगपुर सामुदायिक कृषक समुह राप्ती गाउँपालिका वडा नम्बर ७ को आयोजना एवम् राप्ती प्रेस मञ्चको सहआयोजनामा भएको २० औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सवमा उनीहरुले सामुहिक धान रोपाई गरेका हुन् । राप्ती गाउँपालिका वडा नम्बर ७ जगपुर स्थित एकल महिला देउकुमारी चौधरीको १० कठ्ठा जग्गामा धान रोपेर दहि, चिउरा खाई यस वर्षको धान दिवस मनाएको राप्ती गाउँपालिका कृषि विकास शाखाकी प्रमुख सिमा भट्टले जानकारी दिएकी छिन् ।सो – अबसरमा राप्ती गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत जीवराज पौडेलले कृषि क्षेत्रको विकासका लागि चक्लाबन्दीलाई प्रोत्साहन गर्ने, गुणस्तरीय प्रविधिको प्रयोग गर्ने, रसाइनिक तथा प्रागांरिक मलको सन्तुलित प्रयोग गर्ने तथा उन्नत जातको बालीनालीको प्रयोग गरि उत्पादनमा वृद्धि गर्ने पालिकाको लक्ष्य रहेको बताएका छन् । त्यस्तै पौडेलले भारतबाट आयत हुने खाद्यन्न बालीहरु धान, चामल, मकै वर्षेनी रुपमा बढ्दो क्रममा रहेकोले त्यसलाई कम गरि कृषि उत्पादनलाई बढाउने बताएका छन् । दिनानुदिन हुने बजारीकरण तथा खण्डीकरणले गर्दा जग्गा नास भइरहेको उत्पादन घटिरहेको प्रति चिन्ता व्यक्त गर्दै पौडेलले यसलाई रोक्दै उत्पादनमा वृद्धि गर्न मल खाद, गुणस्तरीय प्रविधि र बालीनालीको प्रयोग बढाउन आवश्यक रहेको बताएका छन् ।जगपुर सामुदायिक कृषक समुहकी अध्यक्ष शान्ता चौधरीको अध्यक्षता एवम् राप्ती गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सिताराम चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राप्ती गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत जीवराज पौडेल, राप्ती प्रेस मञ्चका अध्यक्ष अर्जुन अधिकारी लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन राप्ती गाउँपालिका कृषि विकास शाखाकी प्रमुख सिमा भट्टले गरेकी थिइन् ।
हाल राप्ती गाउँपालिकाको कुल क्षेत्रफलको ६९. ६२ वर्ग किलोमिटर कृषि क्षेत्र रहेको छ । ३ हजार ३ सय ४७ हेक्टरमा १६ हजार ९ सय ८० मेट्रिक टन कृषि उत्पादन हुने गरेको कृषि विकास शाखा प्रमुख सिमा भट्टले जानकारी दिइन् । उक्त राष्ट्रिय धान दिवस कार्यक्रममा पालिकाका जनप्रतिनिधि निमित्त प्रमुख प्रशासकीय अधिकृत जीवराज पौडेल, कर्मचारी र पत्रकारहरु गरि करिव ५० जना बढीको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे