LISTEN LIVE RADIO

सर्वोदय मावि कृषि बाली विज्ञानका विद्यार्थीहरूले धान रोपेर दिवस मनाए



सर्वोदय मावि कृषि बाली विज्ञानका विद्यार्थीहरूले धान रोपेर दिवस मनाए

सिसहनियाँ १५ असार । दाङको राप्ती गाउँपालिका ५ सिसहनियाँ स्थित सर्वोदय माध्यमिक वि‌द्यालयका शिक्षक तथा विद्यार्थीहरूले  २० औं राष्ट्रिय धान दिवस मनाएका छन् ।

आफ्नै जग्गामा सोही वि‌द्यालयका कृषि बाली विज्ञान कक्षाका वि‌द्यार्थी तथा शिक्षकहरुले धान रोपाइ गरेर दिवस मनाएका हुन् । करिब १ विगाहा जग्गामा वि‌द्यार्थी र शिक्षकहरू मिलेर धान रोपाई गरेका हुन् । २० औं राष्ट्रिय धान दिवसको अवसर पारेर कक्षा ९ देखि कक्षा १२ सम्मका विद्यार्थीहरूले धान रोपाइ कार्यक्रम सम्पन्न गरेका हुन् ।

विद्‌यार्थीहरुलाई प्रयोगात्मक अभ्यासको माध्यमबाट धान खेतीमा दक्ष बनाउन धान रोपाइ गरिएको बाली विज्ञान संयोजक ईश्वर अधिकारीले जानकारी दिएका छन् । धान रोपाई कार्यक्रममा शिक्षक, विद्यार्थी, राप्ती गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी , कृषि प्रशिक्षकहरू लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे